एन.आर.एन. बेल्जियमको ब्रसेल्स क्षेत्रिय समिति गठन

NRNA Belgiumयही आइतवार गैह्र आवसिय नेपाली संघ, बेल्जियमको ब्रसेल्स क्षेत्रिय समितिको भेलाले सर्वसम्मतीबाट क्षेत्रिय समिति गठन गरेको छ ।पार्वती शर्माको अध्यक्षतामा उपाध्यक्षद्वय कमल  खड़का  र शैलजा सापकोटा, सचिब सुमन बिस्ट , सहसचिब  पुर्णिमा पहाडी हुनुहुन्छ भने सदस्यहरुमा रिता श्रेष्ठ, बिकाश हमाल,सुरेश गुरुङ, रिता खड्का र सल्लाहकारहरू पारस गौतम, इश्वरा शर्मा, केसब सापकोटा र सरास्वती सुवदी रहनु भएको छ ।

गैह्र आवसिय नेपाली संघ, बेल्जियमका अध्यक्ष गगांधर गौतमको अध्यक्षतामा महासचिव लोक दाहालद्वारा संचालित कार्यक्रममा शुभकामना दिदै नेपाली जनप्रगतिशिल मंच, बेल्जियमका महासचिव किष्ण तिवारीले ब्रसेल्समा नेपाली समुदायहरुको एकतामा जोड दिनु भयो । त्यस्तै सोहि मंचका सल्लाहकार जित लामाले भेलामा उपस्थित तथा आयोजक समितिलाई शुभकामना दिनु भएको थियो । त्यसैगरी इश्वरा शर्मा, बिमल गिरी, पारस गौतम, लोक नाथ शर्मा, रबिन्द्र नाथ शर्मा, एनआरएन बेल्जियमका उपाध्यक्ष पदम गुरुङ,  एनआरएन बेल्जियमका यूवा संयोजक चिनिया दुवालले पनि शुभकामना मन्तब्य दिनु भएको थियो ।