युरोपियन युनियन एवं बेल्जियमको राजधानी ब्रसेल्समा बसीरहेका नेपाली अभिभावकहरूले आफ्ना बाबुनानीहरूले नेपाली भाषा-संस्कृति सिकुन् भन्ने उद्देश्यले गत शनिवारदेखि नेपाली पाठशाला शुरू गरेका छन् । नेपाली पाठशाला संचालन गर्ने उद्देश्यले यसअघि अभिभावकहरूले नेपाल बाल संस्कृतिक केन्द्र-NBCCC को गठन गरेका थिए । शनिवार यहाँ आयोजित विशेष कार्यक्रममा बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत राममणि पोख्रेलले पाठशालाको उद्घाटन गर्नुभयो ।

महामहिम राजदुत राममणी पोख्रेलले पाठशालाको संगसंगै पुस्तकालय पनि खोल्नको लागि अनुरोध गर्नु भएको थियो र यसको लागि उहाले स्वयम अनि राजदुताबासले सक्दो सहयोग गर्ने प्रतिबद्रता पनि जाएर गर्नुभएको थियो|
पहिलो दिन मात्रै २३ जना बिधार्थी भर्ना भएको कुरा सिक्षिका सुसिला मगर, यडीना के.सी., र मंजु भुसालले जनाउनु भएको थियो | र साथै अप्रिलको अन्तिम दिन सम्ममात्रै भर्ना लिने कुरा संचालक समितिको तर्फबाट रजनी प्रधानले जानकारी गराउनु भएको थियो| महासचिब हरि कृष्ण श्रेष्ठले यो कार्यक्रम संचालन गर्नुभएको थियो|
अब आउने सनिबार देखि नै बिधालयको ढोका खोल्ने र सोहीदिन नेपालबाट पाल्नुभएका संगीतकारहरु श्री प्रण मन्दी र रबिन सिटौलाले बालबालिकालाई १ घण्टा तबला, बासुरी अनि सारंगीको बारेमा बजाएर सुनाउने जानकारी पनि दिनु भयो|
NBCCC को सफल भबिस्यको कामना गदै आइसीसी सचिव अर्जुन कुमार श्रेष्ठले ३ महिनाको सम्पूर्ण खर्च र पाठशालाको लागि एउटा प्रोजेक्टर दिने कुरा गर्नु भएको थियो, भने उत्तम गौतमले ५० यूरो, चीज कुमार श्रेष्ठको तर्फबाट ५० यूरो, पदम गुरुङको तर्फबाट ५० यूरो, बिकाश हमालको तर्फबाट ५० यूरो, अम्बिका के.सी. र दिपेन्द्र के. सी.को तर्फबाट ३० यूरो, सुरेन्द्र अमात्यको तर्फबाट १० यूरो पनि सहयोग स्वरुप प्राप्त भएको थियो |
हरि कृष्ण श्रेष्ठ, ब्रसेल्स, बेल्जियम