इटालीमा पनि नेपाली मोडल

केहि समय यता विदेशमा नेपालीहरुले बिभिन्न क्षेत्रमा धेरै प्रगति गर्दै आइरहेका छन् । आफ्नो मातृभुमि छोडी विदेशमा भविस्य उज्वल बनाउन आएका नेपालीहरु आ आफ्नो प्रतिभालाइ बिभिन्न माध्यमद्वारा प्रस्तुत गर्ने गरेको पाइरहेका छौँ ।

nepali-modeleuroयस्तै प्रतिभाशालि व्यक्ति फजिल अहमद पनि एक हुन् । नेपालको मकवानपुर घर भएको फजिल २०१० सालमा अध्यनको शिलसिलामा लण्डन आएका र २०१३ साल देखि इटालीको मिलानो बसोबास गर्दै आइरहेका छन् ।

फजिलले नेपाल लगाएत युरोपमा चर्चित नेपाली गाएक एवम नायक बाबु बोगटीको एल्बम “रिस्पेक्ट” को “थोरै थोरै ” गितको म्युजिक भिडियोमा मोडेलको भूमिका गरिसकेका छन् भने आउँदो केहि नयाँ म्युजिक भिडियो लगाएत नेपाली सिनेमामा पनि खेल्ने भएका छन् । बाबु बोगटीको एल्बम “रिस्पेक्ट” को “थोरै थोरै ” गितको म्युजिक भिडियोको निर्देशक,छायांकन,सम्पादन भने नेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता उज्वल के.सीद्वारा गरिएको थियो ।

शारीरिक बनावटको प्रशंसा संगै अहिले इटालीको एक चर्चित कपडा ब्राण्ड Elena savó (एलेना सवों) ले कपडा सो गर्न मोडेलको प्रस्ताब गरे पछि अहिले फजिल फेसन सो मा व्यस्त रहेका छन् ।

nepali-modelविदेशमा आफ्नो जीवनको महत्वपूर्ण उमेरका समय (क्षण ) बितायता पनि अप्रत्यक्ष रुपमा आफ्नो देशलाइ विभिन्न माध्यमद्वारा आफुले सक्दो सहयोग गरिराखेको र भविस्यमा पनि गरिरहने फजिल बताउंछन् साथै विदेशमा आफ्नो प्रतिभालाइ निरन्तरता दिंदै भविस्यमा एक नेपाली ग्ल्यामरको रुपमा चिनिन चाहन्छन ।