“डायस्पोरामा नेपाली भाषाको अमरत्व हामी सवैको साझा दायित्व” नाराका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको लुभेन शहरमा आउँदो अगस्ट १६ र १७ मा हुन गैरहेको यूरोपस्तरीय नेपाली साहित्य सम्मेलनमा प्रस्तुत गर्नका लागि सम्मेलन आयोजक समितिले युरोपमा रहनु भएका नेपाली स्रष्टाहरुको रचना सँकलनको आव्हान गरेको छ । सम्मेलनमा नेपाली भाषासँगै अन्य राष्ट्रभाषाका रचनाहरु पनि वाचन गरिने छ ।
विधागत रुपमा सम्बन्धित सम्पर्क मेल, अनेसास बेल्जियमको फेसवुक सन्देश बाकस, अनेसासको इमेल वा अनेसास बेल्जियमका पदाधिकारीहरुको फेसबुक सन्देश बाकसमा रचनाहरु पठाउन सकिने छ । कार्यक्रमको व्यवस्थापनलाई मध्यनजर गर्दै आगामी जुलाई अन्तिम सम्म आइपुग्ने गरी रचना माग गरिएको छ । बेल्जियम बाहिरका राष्ट्रबाट सहभागी हुने स्रष्टाहरुले आफुसँगै ल्याएर वाचन गर्न सकिने कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन । सम्मेलन पश्चात प्रस्तुत रचनाहरुको ग्रन्थ प्रकाशित हुने भएको छ । साथै उपस्थित भै आफै वाचन गर्न असमर्थ स्रष्टाहरुबाट प्राप्त रचनाहरु सम्मेलनमा वाचन गरिने छ । तसर्थ उपस्थित हुन असमर्थ साधकहरुले पनि पठाउन सक्नु हुनेछ ।
रचना सम्प्रेषणका लागि सम्पर्क इमेलहरु—anesasbelgium@gmail.com
नेपाली राष्ट्रिय भाषा र अन्य राष्ट्रभाषाका कविताहरु सँयोजक- नन्दु घलेnandgh72@yahoo.com, nandgh72@hotmail.com
र सहसँयोजक हरि श्रेष्ठ harati3576@yahoo.com,
गजल सँयोजक- बिष्णु सापकोटा bishnu_2009@yahoo.com र
मुक्तक सँयोजक- सौरव कारञ्जित saurabkaranjit@yahoo.com