अनेसास न्यूयोर्कद्वारा नयाँ बर्षको अवसरमा साहित्यिक कार्यक्रम

अन्तराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरले नया बर्ष २०७२ को शुभकामना आदान् प्रदानका साथै साहित्यक कार्यक्रम  आईतबार सम्पन्न गरेको छ ।

logoINLSउक्त अवसरमा कलाकार हरी बहादुर थापाकी श्रीमती मिठु थापाको कविता संग्रह डा. कमल पाण्डेले समिक्षा गरेका थिए ।  श्रीमती थापाले धन्यबाद ज्ञापन गर्दै आफ्नो कबिता वाचन गरेकी थिईन ।

उक्त अवसरमा अनेसास केन्द्रकी भु. पु. अध्यक्ष गिता खत्रीले नया बर्षको शुभकामना दिदै च्याप्टर प्रमुख बिकास बिष्टको समुहले प्रशंसनिय कार्य गर्दै आएकोमा बधाइ दिएकी थिइन् ।

अनेसास केन्द्रको महिला समितीबाट प्रत्यक दुइ दुइ बर्षमा प्रदान गरिने नवरत्न पुरुष्कार स्थापना गरेको घोषणा गरेका थिए ।  पुरष्कार कोष स्थापनार्थ आफ्नो तर्फबाट बैक खाता खोल्न एक हजार डलर प्रदान गर्ने उनले घोषणा समेत गरे ।

कोषको स्थापना, संरक्षण र संबर्धन गर्न  ट्रष्टका रुपमा समेत रहेका छन् । यस कोषमा जो कोहिले योग्दान पुर्याउन  बैक खातामा रकम जम्मा गर्न  सक्द्छन । यसै सन्दर्भमा महासचिव बन्दना कोइरालाले एक सय आठ डलर प्रदान गर्ने घोषणा गरिन । यो नवरत्न  पुरुष्कार प्रत्येक  दुइ बर्षमा नौ जना महिलालाई प्रदान गरिने छ ।

यसकालागी लक्ष्मी श्रेष्ठले , सुनिता सर्मा, कुन्ती थापा, सकुन्तला ज्ञवालि,  गिता पंथ्, दिपा पुन राइ,  ममता कर्माचारय,  अनु शाह र हरीबहादुर थापा  सबैले  दुइ दुइ बर्षमा २५० डलर आर्थीक योग्दान पुर्याउने अठोट गर्नु भएको छ ।

त्यस्तै गरी बाल पुरस्कार  पनि स्थापना गरेको  घोषणा गरियो । प्रत्येक  दुइ बर्षमा पाँच बालिकाहरुलाई यो पुरस्कार दिईनेछ ।   पुरस्कारका लागी प्रत्येक दुइ बर्षमा   शान्ता घिमिरे, बिजया सिंखडा,  ममता कर्माचार्य, अनु शाह  र महेश्वर पंत प्रत्येकले २५० डलर योग्दान गर्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।