व्यवसायिक संघ बेल्जियमको अधिवेसन २१ डिसेम्वरमा

बेल्जियममा नेपाली ब्यापारीहरूको सँस्था नेपाली ब्यवसायिक संघको पाँचौं अधिवेसन २१ डिसेम्वरमा बेल्जियमको आन्त्रोपेन सहरमा हुने भएको छ ।

nebabसंघको बैठकले अधिवेसन अगावै सदस्य नबिकरण तथा नयां सदस्य लिनको लागी आबेदन दिन पनि ब्यवसायिकहरुलाई आग्रह गरेको छ । नयां सदस्यता तथा नबिकरणका लागी उपाध्यक्ष किसन केसीको संयोजकत्वमा उपाध्यक्षद्वय कमल भारती र चेतप्रसाद भट्ट, सचिव सुन्दर पौडेल, सदस्य आर बि घले, उपाध्छय भिम जोसी, सदस्य राजु थापा र कोषाध्छय सन्तोस प्रधानलाई तोकेको छ । अधिबेसनबारे प्रचार प्रसार गर्नकालागी निर्वतमान अध्यक्ष अर्जुन कुमार श्रेष्ठ को संयोजकत्वमा हरी कुमार शर्मा थपलिया, लोक दाहाल, किसन केसी, चेत प्रसाद भट्ट, सुन्दर पौडेल, आर बि घले, भिम जोसी, राज थापा, सन्तोस प्रधान, सहदेव गौतम र सरास्वती चापागाई रहेको समिती निर्माण गरेको छ ।

पाँचौं अधिवेसन २१ डिसेम्वरमा दिनको १ बजे होटल नेसनल आन्त्रोपेनमा सम्पन्न हुने हुँदा सबै इच्छुक नेपाली व्यवसायीहरूलाइ सहभागीताको निम्ति अपील गरिएको सँघका महासचिव लोक दाहालले इन्फोमालालाइ बताए ।