अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भिड्दै नेपालका सुन्दरी

मिस नेपाल (वल्र्ड) सुबिन लिम्बु, मिस नेपाल (अर्थ) प्रिन्सा श्रेष्ठ र मिस नेपाल (इन्टर्नेशनल) सोनी राजभण्डारी आ–आफ्ना अन्तर्राष्ट्रिय प्रतियोगीतामा भाग लिन जादैँ छन् । उनीहरुलाई आ–आफ्नो प्रतियोगितामा सफलताको लागि द हिडन ट्रेजरले सुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजना गरेको छ ।
नोभेम्बर ११ मा हुन लागेको मिस इन्टर्नेशनल कार्यक्रममा भाग लिन सोनी राजभण्डारी अक्टोबर २१ मा जापानको टेकियो तर्फ जाँदै छिन् । यस्तै नोभेम्बर २९ मा हुन लागेको मिस अर्थ कार्यक्रममा भाग लिन प्रिन्सा श्रेष्ठ अक्टोबर ३१ मा फिलिपिन्सको मनिलो तर्फ जाँदै छिन् । त्यस्तै डिसेम्बर १४ मा हुन लागेको मिस वल्र्ड कार्यक्रममा भाग लिन सुबिन लिम्बु नोभेम्बर १९ मा बेलायतको लण्डन तर्फ जाँदै छिन् ।
मिस वलर्डको ब्युटी विथ अ पर्पोज अवार्डका लागि सुबिन लिम्बु प्राथमिक विद्यालयमा विद्यार्थीहरुको शिक्षा सम्बन्धि आयोजनामा केन्दिनेपालको प्रतिनिधित्व गर्ने सुन्दरीहरूत रहेकी छिन् ।