मुक्तिनाथबासीको माग- अस्पताल

muktinathमुस्ताङको जोमसोममा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर नजिकै अस्पताल खोलिनुपर्ने स्थानीयबासीले माग गरेका छन् ।

नेपाल लगायत भारतबाट समेत उल्लेख्य मात्रामा भक्तजनहरूको भिड हुने भएका कारण त्यहाँ अस्पताल निर्माण गरिनुपर्ने स्थानीयबासीले माग राखेका हुन् । मुक्तिनाथ मन्दिर नजिकै रहेको मुक्तिनाथ स्वास्थ्य सेवा श्रमले भक्तजनहरूलाई आवश्यक सेवा दिन नसक्ने भन्दै त्यसको स्तर बृद्धि गरि अस्पताल बनाउने पर्ने आवाज उठ्दै आएको थियो ।

मुक्तिनाथ नेपालको लोकप्रीय धार्मिक गन्तव्य हो ।