बोटे समुदायमा पेशागत भावना बढ्दो

नदीमा माछा मारेर र ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोटे समुदाय यतिबेला आयआर्जनमा लागेका छन् । बोटे समुदायको बसोबास रहेको व्यास–७ पाटन, व्यास–५ बैरेनी र कुमालटारी र क्यामिन–९ बोटेटारका बोटेहरु सामूहिक पशुपालन र तरकारी खेतीमा लागेका हुन् ।

OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
एसियाली विकास बैंकको सहयोगमा स्थानीय विकास मन्त्रालयले अति सीमान्तकृत जातिको उत्थानका लागि पशुपालन र तरकारी खेती गर्नका लागि सहयोग गरेको छ । बोटे समुदायको आयआर्जनमा सुधार ल्याउने उद्देश्य सहित गत माघबाट कार्यक्रम सुरु भएको हो । जस अनुसार व्यास–७ पाटनस्थित मादीसेती बोटे कृषक समूहलाई ८ लाख, व्यास– बैरेनीस्थित सफल विकास समूहलाई ७ लाख, कुमालटारीको मिलनसार बोटे समूहलाई साढे ६ लाख, क्यामिन–९ बोटेटारको दिगो विकास समूहलाई ६ लाख रुपैयाँ सहयोग गरेको थियो । तीमध्ये मादीसेती बोटे कृषक समूहले सामूहिक बाख्रापालन र तरकारी खेती, सफल विकास समूहले बंगुरपालन, मिलनसार बोटे समूहले कुखुरापालन र दिगो विकास समूहले बंगुरपालन गरेको छ ।

मादीसेती बोटे कृषक समूहमा १७ जना, सफल विकास समूहमा २० जना, मिलनसार बोटे समूहमा २२ जना र दिगो विकास समूहमा २० जना बोटेहरु आबद्ध छन् ।