मान्छे मलेसियामा जिउँदै, नेपालमा काजकृयाको तयारी

कहिलेकाँही  सामाजिक  सन्जालामा  हतार  गरेर  कसैको   दुर्घटनाको   फोटो  राख्दा  भोली  कस्तो  अवस्था  आउँछ  सोच्नुपर्ने  हुन्छ । न सोचेमा  कसैको  जिन्दगी वा परिवारमा ठुलो  चोट पुग्न  सक्छ ।  यस्तै  चोट पुगेको छ जगतिपुर २ जाजरर्कोटका   उपेन्द्र  बिकको घरमा ।

करीब २८ महिना पहिले  मलेसिया आएका  कृष्ण बिकलाई  नेपालीहरुले  नै  मार्ने  उदेस्यले   दाउले टाउकोमा  हानेर मर्यो भनेर  फालिदिएका थिए ।मरणासन्नको  त्यो  रगत्ताम्य  फोटो  कसैले  फेस बूकमा राखी  दिनाले उनि मरी सकेको  भनेर  घरमा  काजकृयाको  तयारी  गरिएको  थियो । तर अकस्मात कृष्णको   फोन घरमा  जादा  काजकृया  रोकियो ।

photo back२८  महिना पहिले   मलेसियाको  एक  कम्पनिमा  सामान्य कामदारको रुपमा भित्रीएका   कृष्णसँग अर्को कम्पनिका एक नेपाली  सुरक्षा  गार्ड सँग  झगडा पर्यो  । खड्का थरका    ति  गार्ड्ले तँ ठुलो बन्ने भनेर  एक्कासि   मारिदिने  धम्की  दिए  उनलाई  । फेब्रुअरी २० तारिक उनलाई तेरो भोली  काम छैन  भनेर काम  गरेको  ठाउमा नै थुनिएर  बाहिरबाट ताल्चा  लगाइदिए । त्यस दिन उनलाई  ४ तलामा लगि करेन्ट लगाएर  छाडियो । भुइमा छट्पटाए पछी अब यो २ दिन भित्र  मर्छ भनेर  उनिहरु  त्यहाँबाट गए । बिहान उनि  होसमा आए उनिहरु धेरै मान्छे जम्मा भई सकेका थिए । उनिहरु मध्य कसैले  टाउको  काटेर  फाल्नु  पर्छ  कसैले होईन छ्तबाट  खसाल्नुपर्छ  भने  उनि  मर्ने भैसके पछी उनले  मेरो  घरमा  सानो  बच्चा श्रीमति छ भनेर  रोए, अनुरोध गरे मानेनन् त्यसो भए आफुलाई  जिउदै  होईन  काटेर  फाल  भने । सुरुको  गार्ड्ले  यसको  कम्पनी छ नमारौ भने पनि  एक  जनाले टेबलमा  भएको  दाउले टाउकोमा  हान्यो  अर्कोले जिम गर्ने सामानले हन्यो र त्यस पछी उनलाई  केहि थाहा भएन  ।

अस्पतालको व्हिल चीयरबाट  बाहिर  निस्कदा  आफु  कहाँ  किन  आएको  केहि  सोच्न  सकेनन उनले । खाली  खुट्टामा उनि  हिडेर  कता पुगे  रोड्मा  सुते  भोकै  १०/१२ दिन बिताए ।

चोकेर  भन्ने  ठाउमा एउटा भ्यानले  १० रिङ्गगेट दिए पछी  कोतारायामा आए र  एक  रात मेडिन बसपार्कमा  सुते ।  त्यहाँको  ट्याक्सी  ड्राइभरले उनको हालत देखेर ६ रिङ्गगेट दिए पछी खाना खाए उनले ।

काजी  थापा  भन्ने साथिलाई भेटेर उनको  मार्फत नेपालमा दाइसँग सम्पर्क भए लगत्तै  दाईले खर्च पठाएर घर फर्कदै छन  बिक । मार्च ४ तारिक  कोताराया  आइपुगेका बिकले  त्यस दिन फोन  नगरेको भए उनको  काजकृया त्यही दिन  बस्थे ।

कोतारायाको  भान्छा घरमा  भेटिएका  बिकको  निधार देखी  टाउकाको  बिच  भाग सम्म  करीब  २०  टाका, पछाडी  भागमा ३ ठाउमा करीब  १५  टाका  लगाइएको छ  । फेसबुक कारण पहिले नै नेपालमा लास झिकाइ दिन भनेका उनका दाइले खबर पाए पछि ७७ हजार ५ सय रुपैया पठाई सकेका छन् ।

यी  लक्का  जवान  बिक  मरिसकेको  भनेर कृया गरिसकेको र दुताबास लाई  लास घर पठाइ दिन  अनुरोध  गरेको  हो ? दुताबासले  पछी  डकुमेन्ट  मात्र  बनाएर  पठाउन  लागेको हो होईन  भन्ने बारेमा जानाकारी लिदा दुताबासका द्धितीय सचिब उत्तम  शाहिले  कन्सुलरबाट मरेको  भन्ने खबर आएको तर  यहाँ बुझ्दा  उसको  साथिले  यहाँ  ल्याए  पछी डकुमेन्ट  तयार  गरी  छिट्टै  घर जान  लागेको जानाकारी  दिनुभयो ।

– रवि भट्ट, क्वालालम्पुर