बेजातकी केटीसँग प्रेम गर्नेलाई जुत्ताको माला लगाइ गधामा नाङ्गै घुमाइयो

boy-humiliated-for-lovingभारतको महाराष्ट्रको अहमदनगरमा एक निकै दुखलाग्दो घटना सार्वजनिक भएको छच । त्यहाँ स्थित वामबेरी गाऊँमा १८ वर्षका एक युवकलाई दोस्रो जातकी केटीसँग प्रेम गरेको आरोपमा ती युवकलाई नाङ्गो बनाएर गधा राखेर गाऊँ घुमाइएको छ । साथै। युवकलाई जुत्ताको माला समेत लगाइएको थियो ।

समाचारहरुमा जनाइए अनुसार शीवम् भारदिया नामका युवकको एक युवतीसँग प्रेम हुन पुग्यो । ती युवती अर्को जातकी थिइन्, गाऊँलेहरूले दुवैको सम्बन्ध मन पराएका थिएनन् । गत शुक्रवार गाऊवका केही मानिस युवकको घरको अगाडि भेला भए र युवकका घरपरिवारसँग समेत नराम्रो व्यवहार गरे । यसै क्रममा कसैले उनलाई घरभित्रबाट बाहिर निकाले र कुटपिट गर्न थाले ।

यस सम्बन्धमा राहरी प्रहरी चौकीका इन्चार्ज संजय पाटिलले घटनाको उजुरी दर्ता गरेर घटनाका सम्बन्धमा थप जानकारी मागेका छन् । घटनापछि गाऊँमा तनाव हुन सक्ने सम्भावना देखिएपछि प्रहरी तैनाथ गरिएको छ । जबकी युवक र उनका परिवार निकै तनावमा रहेका छन् ।