IAF अवार्ड २०१५ बेल्जियममा हुने|

बेल्जियम,     अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले पहिलो पटक नेपाली कला,संगीत र समाजसेवीलाई ‘अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५’ले सम्मानित गर्ने घोषणा गरेको छ|कार्यक्रममा संगीत विधामा ९,चलचित्र विधामा ५ र एक जना समाजसेवी गरि कुल १५ व्यक्तित्वलाई सम्मान गरीने संघले जनाएको छ|

२०१५ सेप्टेम्वर २६ बेल्जियममा प्रदान गरीने यस अवार्डको लागी सम्मानित जूरी, हिमालय टेलिभिजन, नेपाली टेलिभिजन युके,क्लाशिक एफएम १०२.२ मेगाहर्ज मार्फत एसएमएस तथाwww.iafeu.com मा गरीने सार्वजनिक मतदानका आधारमा व्यक्तिको छनौट गरिने भएकोछ|भोटिंगको लागी केहि समय पछी सम्मानित व्यक्तिहरुको नाम सार्वजनिक गरीने भएको छ|

यसका लागी संघले संगीतकार रन्जीत गजमेर,राजु सिंह र न्ह्यू बज्राचार्य, गीतकार किरण खरेल,गायकरामकृष्ण ढकाल र ओम बिक्रम बिष्ट, निर्देशक तुलसी घिमिरे, अभिनेता कृष्ण मल्ल, रबिन्द्र खडका, गणेश उप्रेती, नवल खड्का, गायिका तारा थापा र कुन्ती मोक्तान ,सिने पत्रकार तथा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष मनोज के.सी गरी १५ जनाको जुरी समेत गठन गरेको छ|10259739_1464720517106609_2734608009418871336_n

नेपाली कला र संगीतलाई युरोपमा प्रवर्द्धन गर्ने हेतुले आयोजना गर्न लागीएको यस कार्यक्रमलाई नेपाल बेल्जियम फ्रेन्डशिप एसोसियासनले समेत सघाउने भएको अन्तर्राष्ट्रिय कलाकार मंच युरोपका अध्यक्ष उज्वल केसीले जानकारी गराएका छन|