नायिका गरिमा पन्तले बेल्जियमका नेपाली व्यवसायीसँग बिहे गर्दै

कलिउडकी चर्चित नायिका गरिमा पन्तले आफ्नो प्रेमी बेल्जियममा फेला पारेकी छन् । बेल्जियममा लामो समयदेखि ब्यापार गरिरहेका उनको प्रेमी बेल्जियममा रहेका नेपालीहरूको ब्यापारिक संस्थाको निवर्तमान अध्यक्ष हुन् । अब नायिका पन्त बेल्जियम कै स्थाई बासिन्दा हुने भएकी छिन । नायिका पन्तको मन जित्ने बेल्जियमबासी ब्यबसायी हुन्- हरी शर्मा थपलिया ।

hari+garima shushi
गरि शुशीको अोपनिङ, थपलियाका परम मित्रहरूसहित

रेस्टुरेन्ट व्यवसायमा सफल रहेका थपलियाले आफ्नी प्रेमिकाको नाममा ‘गरि शुशी’ भन्ने नयाँ शुशी रेस्टुरेण्ट यसै हप्ताबाट शुरू गरेपछि उनीहरूको प्रेम सार्वजनिक भएको हो ।

बेल्जियमको आन्तवर्प नजिक ब्रासकाटमा रहेको शुशी रेस्टुरेन्टको ओपनिङमा स्वागतापेक्षीका रूपमा नायिका पन्त थपलियासँगै देखिएकी थिइन् । उनीहरूको छिट्टै औपचारिक विवाह हुने बताइएको छ ।

करिब ४ वर्षअघि एक साँस्कृतिक कार्यक्रममा गरिमा पन्त बेल्जियम आएकी थिइन् । त्यस बेलैदेखि थपलिया र पन्तको चिनजान र अफेयर्स शुरू भएको हो । थुप्रै नेपाली फिल्महरू खेलेकी नायिका पन्तको ‘झोला’ फिल्म उत्कृष्ट मानिन्छ र त्यस फिल्ममा उनको अभिनयको ठूलो प्रशंसा भएको थियो ।