विश्व कला केन्द्रमा बुद्वको मूर्ति स्थापना

नेदरल्याण्डको डेल्फ स्थित वर्ल्ड कला केन्द्रमा गौतम बुद्वको मूर्ति स्थापना गरीएको छ| बेनेलक्स तथा ईयूका लागी नेपालीHanded over the statue राजदूत राममणि पोखरेल र डेल्फ नगरपालिकाका मेयर जीएए भेरकर्कले सोमवार संयुक्त रुपमा अनावरण गरेका थिए| राजदूत पोखरेलले उक्त मूर्ति मेयर भेरकर्कलाई उपहार स्वरूप दिएका थिए|

नेपाल र नेदरल्याण्ड बिचको द्विपक्षीय सम्वन्ध एंव दुई देशका जनता बिचको प्रगाढ हुदै गएको आपसी सम्वन्धलाई अझै मजबुत बनाउनुको साथै उक्त कला केन्द्रमा आउने अन्य देशका पर्यटकमाझ समेत नेपालको चिनारीलाई थप विस्तार गर्ने हेतुले बुद्व मूर्तिको स्थापना गरीएको हो| मूर्ति अनावरण समारोहमा राजदूत पोखरेलले नेपाल प्राचिन सभ्यता देखि नै विभिन्न धर्म, संस्कृति, भाषा र रितिरिवाजको अनुपम संगम रहेको उल्लेख गर्दै  बुद्वको शान्ति, करुणा र विश्व बन्धुत्वको मार्ग आजको विश्वमा झनै सान्दर्भिक भएको बताए| उनले डच समुदायलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए|

तिन फिट उचाईको तामाबाट निर्माण गरीएको मूर्तिमा बुद्व शान्तिका दुत  र नेपालमा जन्म भएको उल्लेख गरीएको छ | विश्वको विभिन्न देशका कला र संस्कृति झल्काउने प्रतिमा र वास्तुकला रहेको उक्त कलाकेन्द्रमा विभिन्न देशका पर्यटक आउने हुदा मूर्ति स्थापनाले नेपालको पर्यटन प्रवर्द्धन हुनेमा दूतावासको विश्वास रहेको छ|

उक्त बुद्व प्रतिमा हस्तान्तरण एंव अनावरण समारोहमा डेल्फ नगरपालिकाका पधाधिकारी, विश्व कला केन्द्रका कार्यकारी बोर्डका सदस्यहरु तथा कार्यकारी निर्देशक पाउला कोउवेनहोवेन, एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, एनआरएन नेदरल्याण्डका पदाधिकारी लगायत थुप्रै उपस्थित थिए|Handing over the Buddha