क्यानडाको नेपाली टोपी ईभेन्टमा कथा संग्रह गङ्गाको लोकार्पण

ganga-story-collectionक्यानडामा आयोजित पाँचौँ नेपाली टोपी कार्यक्रममा डा. गोविन्दसिंह रावतद्वारा लिखित कथा संग्रह गड्गाको राजदूत कालिप्रसाद पोखरेलबाट क्यानाडामा लोकार्पण गरिएको छ ।
त्यस अवसरमा आयोजित कवि गोष्ठीमा गोपीकृष्ण काफ्ले, राधिका अर्याल, अनुप न्योपाने, रबिन थपलिया, शुसिला भण्डारी, कदम अर्जेल, गोपाल भण्डारी, सुरेश वली, डा. किस्मत भण्डारी, विष्णु गौतम, लिला पाण्डे, मुक्ती गौतम, डा. तुलसी धरेल, डा. गोबिन्द रावत आदिका साथै क्यालगरीका ऋषी बस्ताकोटीका कविता वाचन गरिएको थियो।
कार्यक्रममा नेपाली टोपी ईभेन्टका बारेमा गोपीकृष्ण काफ्लेले प्रकास पारेका थिए। लेखक गोविन्दसिंह रावतले आफ्नो कथा संग्रह लेखन र प्रकाशन गर्नुको कारण बताएका थिए।