ब्रसेल्स मिलन केन्द्रको आयोजनामा नयाँ वर्ष २०१६ कार्यक्रम सम्पन्न

नेपाल ब्रसेल्स मिलन केन्द्र बेल्जियमको आयोजनामा गत आइतबार भब्यताका साथ नयाँ वर्ष २०१६ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाली नृत्य र गीत प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
brussels nepal milan kendra new year program 2016
कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका सचिव अर्जुन श्रेष्ठ, एन.आर.एन.ए. आइसीसी महिला सह–संयोजक रजनी प्रधान, एन.आर.एन. ए. यूरोप सह–संयोजक प्रेम गरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एन.आर.एन. ए. बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ , नेपाली ब्यवसायिक संघ बेल्जियमका अध्यक्ष सिपि भट्ट , टप मेडल २०१६ बेल्जियमकी प्रतियोगि मोडेल योगिता थापा , साहित्यकार बिमल गिरी लगायतले  कार्यक्रममा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बेल्जियममा रहेका नेपाली बालबालिकाहरूले नृत्य प्रदर्शन गरेका थिए । सांस्कृतिक कार्यक्रमका सहभागीहरू ENAS GROUPE Anterwapen Belgium का विकास र सरिना, ब्रसेल्सबाट रस्मिता, मेलिसा, प्रिया, आँचल , एदिना , क्रिस्तिन, रोशन र आदर्शको प्रतिभाको सबैबाट प्रशंसा भएको थियो । सो सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी एदिन के. सी. ले गरेकी थिइन् । त्यस्तै दिपेन्द्र के. सी. ले राष्ट्रिय गीत गाएका थिए ।
सो कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष र्इश्वरा शर्माले गर्नु भएको र स्थानीय नेपालीहरूको उत्साहप्रद सहभागीता रहेको नेपाल ब्रसेल्स मिलन केन्द्रका महासचिव सन्तोष खड्काले समाचारमा उल्लेख गरेका छन् ।
brussels nepal milan kendra new year 2016