इतिहास कै तन्नेरी प्रधानमन्त्रीको ब्यापारमुखि सरकार

बेल्जियममा ४ दलिय गठबन्धनको नेतृत्व गर्दै ३८ वर्षिय फ्रेन्चभाषी चार्ल्स मिसेल बेल्जियमका प्रधानमन्त्री बनेका छन् । सन् १८४१ यता बनेको सरकारमा उनी सबैभन्दा तन्नेरी प्रधानमन्त्री हुन् । सन् १९७५ मा जन्मिएका मिसेल चर्चित राजनीतिज्ञ लुइ मिसेलका छोरा हुन् । ४ दलिय गठबन्धनमा मिसेलको फ्रेन्च लिबेरल पार्टी (MR) फ्रेन्च क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक मात्र पार्टी हो ।
Charles michel cabinet
लामो समयसम्म सोसलिस्टहरू सहितको सरकार रहेकोमा यस सरकार बनेपछि सोसलिस्टहरू विपक्षको बेन्चमा पुगेका छन् । नयाँ सरकारले ब्यापारमा अक्सीजन भर्ने आशा गरिएको छ ।

सत्तारूढ गठबन्धनका तिन घटक डचभाषी क्षेत्रका छन् । डचभाषी फ्लेमिश राज्यको स्वतन्त्रताको वकालत गर्ने NVA ले गत निर्वाचनमा सफलता पाउँदै मुलुकको ठुलो पार्टी भए पनि उसले फ्रेन्चभाषी प्रधानमन्त्री स्वीकार्दै पहिलो पल्ट सरकारमा सामेल भएको छ । सरकारमा भने उसको सशक्त उपस्थिति छ । NVA का पार्टी लिडर बार्त द वेबर सरकारमा सामेल भएका छैनन् । उनी बेल्जियमको दोस्रो ठुरो सहर एन्टवर्प (आन्त्रोपेन) का मेयर छन् ।