स्वीसमा सगरमाथा दिवस

swiss programछैठौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथा हिरक जयन्तीका अवसरमा नेपाली राजदुतावास जेनेभाले मे २९ का दिन स्विट्जरल्याण्डको राजधानी बेर्नमा एक विशेष कार्यक्रमको आयोजना गर्यो । नेपाली राजदुत शंकरदास बैरागीको विशेष पहलमा भएको सो कार्यक्रमले नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने विचार व्यक्त गर्नुभयो ।
परराष्ट्र विभागका एशिया तथा प्रशान्तका लागि राज्य सचिव बीट नोव्सले नेपाल र स्विट्जरल्याण्डको सम्बन्ध ५३ वर्षदेखि रहँदै आएको चर्चा गर्दै  भविष्यमा यो अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँले ३५ मिलियन स्विस फ्रान्क सहयोग गर्ने योजना रहेको जनाउनु भयो ।

आजभन्दा ठीक ६० वर्षअघि २९ मे का दिन न्यूजिल्याण्डका एड्मण्ड हिलारी तथा नेपाली तेन्जिङ्ग नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए । त्यसैको सम्झनामा २९ मेलाइ देश-विदेशमा ‘सगरमाथा दिवस’ रूपमा मनाउने गरिन्छ ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष विनय श्रेष्ठले एन. आर. एन.  स्विट्जरल्याण्डले गरेका गतिविधिहरूबारे जानकारी गराउँदै आउँदो जुन २२ र २३ मा हुने एन. आर. एन. युरोपेली क्षेत्रिय बैठक तथा क्षेत्रिय महिला भेला सफल बनाउन आव्हान गर्नुभएको थियो ।

नेपाली राजदुतावासका डेपुटी चान्सलर भृगु ढुंगानाले सगरमाथा आरोहणमा भएका विश्व रेकर्ड, नेपाल सरकारले सगरमाथा आरोहण गर्नका लागि तोकेको शुल्क, सगरमाथा दिवसको उद्देश्य तथा मह्त्वको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै, २४ मे १९५३ मा सगरमाथाको सफल आरोहण गर्नु भएका स्विस आल्पस फाउन्डेशन एण्ड रिसर्च एसोसिएसनका मिस्टर हान्स रुडोल्फले सगरमाथा आरोहण गर्दा भएका अनुभव सुनाउनु भएको थियो । साथै मिसेस वेरोनिका मेएरले पनि सगरमाथा आरोहण लगायत आफुले स्विसका विभीन्न आल्पसहरु आरोहण गर्दा भएका रोचक तथ्यहरू सुनाउनु भएको थियो । वहाँ कृत्रिम मुटुको भल्ब लगाएर सगरमाथा आरोहण गर्ने पहिलो महिला हुनुहुन्छ ।

कार्यक्रमका अन्त्यमा नेपालबाट आउनुभएका रामकृष्ण ढकाल र मल्लिका कार्कीको प्रस्तुती रहेको थियो । साथै स्विट्जरल्याण्डमा बसोवास गर्नु हुने नेपालीहरु गौरी गुभाजु, सृस्टी महर्जन, सोनाम लामा, निता कपुर, सर्मीला मगर लगायतले नेपाली पोसाकहरु प्रदर्शनी गर्नु भएको थियो । उक्त कार्यक्रममा गौरी गुभाजु, निता कपुर, सर्मीला मगर तथा सृस्टी महर्जनले आकर्षक नेपाली नृत्य प्रस्तुत गर्नु भएको थियो ।