महाशिवरात्रिको रमाइलो

Pashupatinath_sadhusमहाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शनका लागि  ठुलो घुइँचो छ। हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा  पशुपतिनाथको मन्दिर रहेकाले प्रत्येक वर्ष  महाशिवरात्रिका दिन मन्दिरमा मेला लाग्ने गर्छ। शिवरात्रिका  दिन १० देखि १२ लाखले दर्शन गर्ने अनुमान  गरिन्छ।

पशुपतिमा दर्शनको लागि जाने त हुन्छन् नै, सँगसँगै रमाइलो हेर्न जानेहरुको पनि उत्तिकै भीड हुन्छ । खासगरी नागा बाबाहरुले देखाउने चर्तिकला शिवरात्रीको मुख्य आकर्षण बन्दै आएको छ । पशुपति क्षेत्र परिसर र बनकालीमा यस्ता बाबाहरु ठाउँठाउँमा बसेर आफ्नो चर्तिकला देखाउने गर्छन् । विदेशी पर्यटक समेत उनीहरुको क्रियाकलाप हेरेर रमाउने गर्छन ।

शिवरात्रीको बेला गाँजा सेवन र कारोबार खुला जस्तै हुने गरेको छ । विशेष गरी साधुबाबाहरु लठ्ठीएर धुनी तापीरहेका हुन्छन् र युवाहरू गाँजा सेवनको अवसर ताक्छन् ।