८३५ किलोको फर्सीले जित्यो उपाधि

बेल्जियमको लिम्बर्ग प्रान्तमा पर्ने तोङ्गरेनमा फलेको फर्सी युरोप कै ठूलो फर्सी घोषणा भएको छ । योस घाए फर्सीका मालिक हुन् । उनले तेर्भुरनमा भएको बेल्जियमको फर्सी प्रतियोगितामा भाग लिँदा फर्सीको तौल ८३५.५ थियो र राष्ट्रिय उपाधि जिते ।

biggest pumpkinयस अघि जर्मनीमा भएको युरोपस्तरिय प्रतियोगितामा उनले ‘युरोप कै ठूलो फर्सीको उपाधि’ जितेका थिए । त्यसैले राष्ट्रिय उपाधि उनको लागि ठूलो कुरा भएन । तर पनि अझैसम्म पनि उनको फर्सीलाइ कसैले उछिन्न नसकेकोमा उनी खुशी छन् ।