३५ हजार मानव सागरले नेपाली झण्डा बनाएर विश्व-कीर्तिमान प्रयास

nepal-flag-35000शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले शनिवार नेपाली सैनिक मञ्च टुँडिखेलमा करिब ३५ हजार मानिसलाई उपस्थित गराएर कागजको प्ले कार्ड बोकी राष्ट्रिय झण्डा बनाइयो ।

त्यहाँ निर्माण गरिएको झण्डालाई हेलिकोप्टरमार्फत दृश्यमा कैद गरिएको थियो। करिब चार महिनाको तयारीपछि बनाइएको मानव सागर सहभागी झण्डालाई विश्व कीर्तिमानका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइने भएको छ ।

यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९५७ मानिस उपस्थित गराई झण्डा बनाएको गिनिज बुकमा विश्व रेकर्ड रहेको छ ।