१० लेनको चक्रपथ बनाउन शुरू

राजधानीको चक्रपथ १० लेनको बन्ने भएको छ। हालको ३ लेनको चक्रपथ विस्तार गरेर १० लेनको बनाउन लागिएको हो। चक्रपथ विस्तारको शुक्रबारदेखि औपचारिक निर्माण शुरू भएको छ। पहिलो चरणमा कलकींदेखि कोटेश्वरसम्मको १० दशमलव ४ किलोमिटर चक्रपथ विस्तार हुने भएको छ। चक्रपथ ८ लेनको गाडी गुड्ने र दायाँबायाँ एकएक लेन साइकल र फुटफाथका लागि छुट्याइने छ।

Ring road constructionचिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो। चिनियाँ सरकारले चार अर्ब रुपियाँमा चक्रपथ विस्तार गर्न लागेको बताएको छ। भौतिक निर्माण तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाका अनुसार ३ वर्ष ४ महिनाभित्र उक्त चक्रपथ निर्माण सम्पन्न भइसक्ने छ। चक्रपथ विस्तारका लागि सरकारले तार, पोल र ढलको काम गर्ने भएको छ। सो काम गर्नका लागि सरकारले चालू आर्थिक वर्षभित्र १० करोड रकम खर्च गर्ने तयारी गरेको छ। चक्रपथ २७ किलोमिटरको छ।