हतियार उठाउन खोज्नेलाई कानुनले नै रोक्छ: देउवा

नेपाली कांग्रेसका बरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हतियारको क्रान्ति असम्भव हुने बताएका छन| यस अघि नै हतियारको क्रान्ति असफलsher_Bahadur_Deuba भइसकेको उल्लेख गर्दै उनले नेकपा–माओवादीबाट छुट्टिएर नयाँ पार्टी गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले सोचें जस्तो हतियारको भरमा क्रान्ति अब असम्भव हुने बताए|  नेता देउवाले हतियारले क्रान्ति पूरा भए पनि परिवर्तन दिन नसक्ने बताउँदै –‘हतियार उठाउन खोज्नेलाई नेपालको कानुनले नै रोक्छ|’उनले भने |
प्रेस युनियन इलामले मंगलबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता देउवाले तोकिएको समयमा संविधान निर्माण गर्न राजनीतिक संवाद तथा सहमति समितिमा बहुमतको आधारमा निर्णय गरिनुपर्ने बताए| नेपाली कांग्रेस जहिले पनि वार्ता र सहमतिकै पक्षमा रहेको बताउँदै देउवाले सहमति हुन नसके बहुमतको आधारमा संविधानसभामा प्रतिवेदन बुझाउनु पर्ने बताए| ‘अहिले पनि सहमतिकै आधारमा प्रतिवेदन बुझाउन भन्ने हो तर, संवाद समितिमा हलो अड्काउन खोजिंदै छ|’  देउवाले तोकिएको समयमा संविधान निर्माण गर्न अब समितिमा बहुमतको प्रक्रिया अपनाउनु पर्ने जनाए|’                                                                                         देउवाले सार्क सम्मेलनको कारण भातृ संगठनको अधिवेशन रोकिएकाले अब चाडै संगठनहरुको अधिवेशन गरिने जानकारी गराए| भागवडामा कुरा नमिलेकाले भातृ संगठनको अधिवेशन पटक–पटक रोकिएको संगठनका नेताहरुले आरोप लगाइरहेको बेला देउवाको यस्तो प्रतिक्रिया आएको हो|