संसदीय दलका नेतालाई चाइनिज ल्यापटप

चिनिया दूतावास र तिब्बत ल्हासा नगरपालिकाले दिएको १ सय २० ल्यापटप संसद सचिवालयले सबै दलका संसदीय दलका नेतालाई वितरण गरेको छ । ३० दलका संसदीय दलका नेता २ स्वतन्त्र सभासद, सत्तारुढ दलका प्रमुख सचेतक र मुख्य सचेतक एवं प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकलाई एक÷एक थान ल्यापटप वितरण गरेको हो ।
यसैगरी संविधान सभाका पाँच समितिका सभापति र व्यवस्थापिका संसदका १४ समितिका सभापतिलाई ल्यापटप वितरण गर्ने तयारी गरेको छ । व्यवस्थापिका संसदका समितिको निर्वाचन नभएकाले १४ सभापतिलाई भने वितरण गरिएको छैन ।
संसद सचिवालयलाई चिनिया दुतावासले २० वटा र तिब्बत ल्हासा नगरपालिकाले सय थान ल्यापटप उपलबब्ध गराएको थिए । दुतावासले उपलब्ध गराएको करिब सात महिनापछि संसद सचिवालयले प्रत्येक संसदीय दलका नेतालाई मात्र एक एक थान ल्यापटप उपलब्ध गराएको हो ।
laptopयसअघि सचिवालयले सचिवालयका कार्यरत अधिकृत स्तरका प्रत्येक कर्मचारीलाई ल्यापटप उपलब्ध गराएको थियो । स्रोतका अनुसार चिनिया राजदुतले संविधानसभा निर्वाचनको परिणाम आएपछि व्यवस्थापिका संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले चीन सरकार सचिवालयलाई सहयोग गर्न तयार रहेको बताएका थिए ।
लामोसमयसम्म ती ल्यापटपबारे सचिवालयले कुनै जानकारी नदिएपछि केही साना दलका सभासदले महासचिवलाई भेटेर ल्यापटपका विषयमा जिज्ञासा राखेका थिए ।
सचिवालयले भने केही थान ल्यापटप चीन सरकारबाट सहयोग स्वरुप प्राप्त भएको तथा केही दिनमा नै सभासदलाई उपलब्ध गराउने बताएको थियो । त्यसको केही दिनपछि अघिल्लो आइतवार सचिवालयले प्रत्येक दलका संसदीय दलका नेतालाई एक–एक थान ल्यापटप उपलब्ध गराएको हो ।