व्यवसायी संघ बेल्जीयमले ‘कासा’ सम्बन्धी तालिम गर्ने

नेपाली व्यवसायी संघ बेल्जीयमको आयोजनामा अप्रिल १५, मंगलवार आन्त्रोपेनको koninksplein को लाइब्रेरीको हलमा दिउँसो २ बजेदेखि एक तालिम हुने भएको छ । connect 24-7.com एवम् iButler groep का इन्जिनियरले हरहिसाब व्यवस्थित रूपमा राख्ने ‘कासा’सम्बन्धी विविध पक्षका बारे डेढ घण्टे तालिम दिनेछन् । सो तालिममा सहभागीताका लागि बेल्जियममा रहेका नेपाली व्यवसायीहरूलाई सँघले आव्हान गरेको छ ।

बेल्जयमका रेस्टुरेन्ट ब्यवसायीहरूलाई हालै just eat कम्पनीले केही कडा नियम पठाएको सन्दर्भमा पनि सो कम्पनीका प्रबन्धकसँग पनि छलफल गरीने भएको ब्यवसायी संघ बेल्जियमले जनाएको छ ।