विश्वकप हेर्न पाउने भाग्यमानी नेपाली

काठमाडौं ,      पोखराका शंकर पौडेल, काठमाडौँका टेक बहादुर मल्ल,टंक बहादुर पाण्डे र झापाका डिल्ली राईले जारी विश्वकप फुटबलको शुक्रवार देखि शुरु हुने क्वाटर फाइनल खेलविश्वकप हेर्ने नेपाली ब्राजिल मै बसेर प्रत्यक्ष हेर्ने मौका पाएका छन|उनीहरु कोकाकोला नेपालले सञ्चालन गरेको “फिफा वल्र्डकप चान्स टु फ्लाई टु ब्राजिल” योजनाका विजेताहुन|विजेताका रुपमा उनीहरुलाई कोकाकोला कम्पनिले ब्राजिल जाने अवसर प्रदान गरेको हो|उनीहरु मौकाको सदुपयोग गर्दै ब्राजिल प्रस्थान गरेका छन|

कोका–कोलाले फिफासँग १९७४ देखि सहकार्य गर्दै आएको छ र १९७८ देखि फिफा वर्ल्ड कपको आधिकारिक प्रयोजकको रुपमा रहेको छ । कोका–कोलाले १९५० देखि स्टेडियम प्रायोजनका कार्यहरु समेत गर्दै आएको छ|

  • Post category:खेल