विश्वकपको प्रारम्भीक छनोटको पहिलो खेलमा नेपाल पराजित

सन् २०१८ को विश्वकपको प्राराम्भीक छनोट चरण अन्तरगतको पहिलो खेलमा नेपाल पराजित भएको छ| भारतको असमnepali football team गुहाटीस्थित ईन्दिरा गान्धी रंगशालामा विहिवार भएको खेलमा भारतले नेपाललाई २-० ले पराजित गरेको हो| भारतीय खेलाडी सुनिल क्षेत्रीले दुबै गोल गर्दै भारतलाई जिताएका हुन्|

पहिलो हाफमा बराबरी गरेको नेपाल विरुद्व दोस्रो हाफमा दुबै गोल सुनिलले गरेका थिए |उनले खेलको ५३ औँ र ७१ औँ मिनेटमा दुई गोल गरेका थिए| ८२ औ मिनेटमा पेनाल्टी मार्फत गरेको प्रहारलाई भने नेपाली बलकिपरले रोकेका थिए|

विश्वकपको प्रारम्भिक छनोट चरणको दोश्रो तथा निर्णायक खेल काठमाडौंको रगंशालामा आउँदो मार्च १७ मा हुदैछ | नेपालले सो खेलमा २-० को नजिता निकाल्न सके विश्वकप २०१८ र एसियन कप २०१९ छनोटको दोस्रो चरणमा प्रवेश पाउनेछ