लुभेन युनिभर्सिटी विश्व कै ८२ औँ स्थानमा

KU Leuvenशैक्षिक अनुसन्धान गर्ने एक ब्रिटीश सँस्थाले विश्वका विश्वविद्यालयहरूबारे गरेको श्रेणीसूचिमा बेल्जियमको लुभेनमा रहेको (क्याथोलिक) युनिभर्सिटी ८२ औँ स्थानमा परी ‘विश्वका टप १००’ मा पर्ने बेल्जियमको एक मात्र विश्वविद्यालय बनेको छ ।

सो सँस्थाले अमेरिकाको मेसाच्यूट्स् इन्स्टीच्यूट अफ टेक्नोलोजीलाइ पहिलो नम्बरमा राखेको छ । त्यस्तै उत्कृष्ट पाँचमा क्रमशः क्याम्ब्रिज, इम्पेरियल कलेज लन्डन, हावर्ड र अक्सफोर्ड छन् ।