लन्डन ‘ट्रेल वाकर’ मा नेपाली युवा विजयी

‘अक्सफाम यूके’ ले वेलायतको ट्रेलवाल्करमा आयोजना गरेको सय किलोमिटर दूरी निर्धारित समय अगावै सम्पन्न गरेर सन्तोष खड्काको समुह ‘सिल्भर कप’ विजेता वनेको छ। तीस घन्टा भित्र तोकिएको दूरी पार गर्नुपर्ने प्रतिस्पर्धामा आधा भन्दा वढी सहभागीहरु ‘क्वलिफाईड’ नै हुन सकेनन् तर प्रतिकुल मौसम र सामान्य स्वास्थ्य समस्याको वावजुद पनि पच्चीस घन्टामा सय किलोमिटरको उकाली ओराली गरीछाडे उनले। गरीवीको कारण शिक्षा हासिल गर्न नसकेका वालवालिकाहरुको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले दौड अविधि भर उनीहरुलाई उत्साहित गरिरह्यो सफलता हात पार्न।

Oxfam trail walkerउद्देश्य किटान गरेपछि लक्ष्यमा पुग्न त्यती कठीन नहुने अनुभव उनको टिमको छ। एउटा कुकुर र आफ्नै भाइलाई समुहमा समावेश गरेका उनले थकाइको वारेमा सोच्ने विचार नै गरेनन्, न त असफताको शंका नै गरे। जसरी पनि असल नागरीकको दायित्व पुरा गर्नपर्छ भन्ने आफ्नो मन मष्तिष्कमा लागेको स्मरण गर्छन् उनी यतिखेर। थकित शरीर तर प्रफूल्लित मुद्रामा व्रसेल्स आइपुगेका सन्तोष अन्य परोपकारी कार्यमा आफूहरु विस्तारै संलग्न हुने वताए।
‘वेवु युनाईटेड’ नाम दिईएको उनको टिमले सवैको सहयोग पाएको छ। करिव सत्र सय पाउन्डको सहयोगको अपेक्षा गरेका उनीहरुले हालसम्म झण्डै दुई हजार पाउण्ड संकलन गरिसकेका छन्। उक्त रकम नेपाली वालवालिकाहरुको शिक्षामा खर्च गरिने आयोजकले जनाएको छ भने अन्य स्रोतहरु समेतबाट रकम संकलन हुनेछ।प्रतियोगिताका द्वितीय श्रेणी हासिल गरेका उनको टिमले प्राप्त गर्ने पुरस्कार समेत परोपकारी कार्यमा खर्च हुने वताइएको छ। सानो रुपमा भएपनि यसले अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना जगाउने अपेक्षा गरेका सन्तोष वताउँछन्।
– रामहरी खकुरेल, वेल्जियम