राष्ट्रसंघमा नरेन्द्र मोदीविरुद्ध नाराबाजी र प्रदर्शन

फोटो :एजेन्सी
 राष्ट्र संघको न्यूयोर्कस्थित मूख्यालय बाहिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उनकै देशका नागरिकले प्रदर्शन गरेका छन् ।
राष्ट्र संघ मूख्यालयबाहिर मोदीविरुद्ध सिख र पटेल समुदायले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।संयुक्त राष्ट्र शिखर सम्मेलनमा एक विशेष सत्रमा विकासबारेमा प्रधानमन्त्री मोदीले सम्बोधन गरिरहँदा उनीविरुद्ध सिख र पाटीदार समुदायको एक समुहले नाराबाजी गर्दै प्रदर्शन गरेका अन्नपूर्ण दैनिकले समाचार बनाएको छ ।

सिख्स फर जस्टिस (एसएफजे) को ब्यानरमा २ सय जना बढी सिखले पञ्जाबमा मानवाधिकार उल्लंघनको आरोप लगाउँदै विरोध गरेका हुन् ।उनीहरुले पृथक खालिस्तान राज्यका लागि सन् २०२० मा जनमत संग्रह गराउन पनि माग गरेका छन् ।

भारत र मोदी विरोधी नारा लगाएका प्रदर्शनकारीहरुले विश्व समुदाय र राष्ट्रसंघसँऊ माग पूरा गराउनका लागि कदम चाल्न आह्वान गरेका छन् ।एसएफजेका नेता बख्सिश सिंह सन्धुले मोदी सरकारबाट अल्पसंख्य, खासकर ईसाइ, सि र मुसलमानको मानवाधिकाको का जबरजस्त हनन गरिरहेको बताएका छन् ।

यसका साथै अमेरिकाका विभिन्न भागमा गुजरात जन्मथलो भएका पाटीदार समुदायका सदस्यले सिख समुदायले प्रदर्शन गरेको केही दूरीमा मोदीको विरोध जनाए ।अनिल पटेल नामका एक प्रदर्शनकारीले भने, ‘हामी पुलिसबाट भएको बर्बरताको मामिलाको तत्काल जाँच होस् भन्ने चाहन्छौं ।’

गुजरातमा महिना दिन अघि प्रदर्शनमा उत्रेकामध्ये करिब चार हजार युवक पुलिस हिरासत रहेको उनीहरुको दाबी छ ।

पाटीदार समुदायले निर्दोष मानिसमाथि प्रहरीले बर्बर दमन गरेको बताउँदै आएका छन् । यो घटनामा जिम्मेवार पुलिस अधिकारीविरुद्ध अहिलेसम्म कुनै कारबाही नभएको उनीहरुले जनाएका छन् ।

प्रदर्शनकारीहरुले गुजरातका सरदार पटेल समूहको टोपी लगाएका थिए । यो समूह राज्यमा पटेल समुदायलार्इ आरक्षण माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको छ ।

यसैबीच राष्ट्र संघकै मूख्याल अगाडि पटेलहरुको अर्को समूहले भने इन्डियन डायमन्ड एन्ड जेमस्टोन इन्डस्ट्रीको ब्यानरमा मोदीको स्वागत र्‍याली निकालेको छ ।