राष्ट्रपति र राजदूतहरुको प्रचण्डलाई मनाउने प्रयास

राष्ट्रपति रामवरण यादवदेखि भारतिय र युरोपेली राजदूतहरूले एमाओवादी अध्यक्ष प्रचण्डलाई चुनावको परिणामलाई क्षणिक आवेगमा नहेरेर परिणाम स्वीकार गर्न आग्रह गरेका छन् ।
‘तपाई राष्ट्रिय राजनीतिको एक मुख्य खेलाडि हो। त्यस नाताले समग्र राजनीतिक प्रकृयालाई टुङगोमा पुर्‍याउने जिम्मा तँपाइ कै हो,’ राष्ट्रपतिलाई उदृत गर्दै उनका प्रवक्ता राजेन्द्र दाहालले भने।

छलफलको अन्तिममा प्रचण्डले भने, ‘म प्रक्रियाबाट बाहिर जान्न।’ तर कस्तो भूमिका निभाउने बारेमा बिस्तारमा बताइनन् ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राज्य अमेरिका र युरोपेली युनियन सम्बद्ध राजदूतले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

US Prachandaप्रचण्डको निवास लाजिम्पाटमा शुक्रवार भएको भेटवार्तामा अमेरिकी राजदूत पिटर डब्ल्यू बोडीले संविधानसभा निर्वाचनको परिणाम स्वीकार गर्न आग्रह गर्दै संविधानसभामा एमाओवादीको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै युरोपेली युनियन सम्बद्ध राजदूतले संविधानसभाको एजेन्डा एमाओवादीको एजेन्डा भएकाले पछिल्लो परिणामलाई स्वीकार गर्न आग्रह गरेका छन् ।

जवाफमा अध्यक्ष प्रचण्डले निर्वाचनमा विभिन्नखालका गैरकानुनी र अराजनीतिक व्यवहार भएको, मतपेटिका ओसार–पसार गर्दा राजनीतिक दलका कार्यकर्तालाई सहभागी नगराइएको, मतपेटिकाको सिल तोडिएको, थोरै समयमा पुर्याउन सकिने स्थानमा पनि लामो समय लगाइएको जस्ता तथ्यले कहीँ न कहीँ चलखेल भयो भन्ने लागेको बताउनुभएको एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।