शुभेच्छुकको नजरमा एमाओवादी हारका कारणहरू

एक शुभेच्छुकले एमाओवादी हारका १२ कारणहरू यसरी व्यक्त गरेका छन्-
१. नेतृत्व शक्तिकेन्द्रको प्रभावमा फस्नु । खिलराजलाई सरकार प्रमुख बनाउने कुरा पार्टी पंक्तिमा छलफल नभइकन एकाएक हेटौंडामा प्रस्ताव गरियो । यो योजना कटुवाल प्रकरणपछि केही शक्तिकेन्द्रहरुले बनाइसकेका थिए । नेतृत्वले यो कुरा बुझ्न सकेन । मनोगत ढंगले निर्णय भयो ।

२. पार्टीलाई भर्तिकेन्द्र बनाइनु । पार्टी ठूलो बनाउने नाममा दुःख पाएका कार्यकर्ताहरुलाई बेवास्ता गरेर बाहिरियाहरुलाई काखी च्याप्ने काम भयो । आन्तरिक प्रतिष्पर्धा नगराइ टिके प्रथाबाट पार्टी कमिटीहरु चयन भए ।

३. गिरिजाप्रसाद कोइरालालाई शक्तिकेन्द्रकै प्रभावमा परेर राष्ट्रपति नबनाउनु पनि ठूलो कमजोरी देखियो ।

४. कटुवाल प्रकरणमा हतार गरेर वा भावावेशमा आएर सरकार छोड्ने निर्णय गर्नु अर्को गल्ती थियो । युद्धमा आमने-सामने लडेको सेना यो घटनापछि माओवादीसँग झन चिढिएको थियो तर नेतृत्वले यो कुरा बुझ्न सकेन । यस्तो अवस्थामा निर्वाचनको सुरक्षा सेनालाई दिने निर्णय अर्को भूल सावित भयो । मतदानपछिको अवस्थाको बारेमा ध्यान पुगेन ।

५. पहिलो संविधानसभा बिघटन गराउने र पार्टी विभाजन गराउने षडयन्त्र एउटै केन्द्रबाट भएको र यसलाई समयमै बुझेर रोक्ने प्रयत्न नगर्नु ।

६. कुनै पनि हालतमा संविधानसभा बचाएर आफ्नै नेतृत्वमा संविधान जारी गर्ने अवस्था हुंदाहुंदै त्यसमा सजग नहुनु ।

७. वैद्यहरुको मागलाई अन्तिम अवस्थामा अस्विकार गर्नु ।

८. कार्यकर्ताहरुको रिपोर्टिङ मनोगत हुनु ।

९.पार्टी संगठन जनतासँग नजोडिनु । शान्ति प्रक्रियापछि पार्टी अस्तव्यस्त भैसकेको थियो । अन्तरबिरोधकै बहानामा पार्टीका स्थानीय गतिबिधिहरु न्यून भएका थिए । संगठनका जुइना दाम्ला कस्नु पर्ने थियो । त्यो प्रभावकारी बन्न सकेन ।

१०. कार्यकर्ता जनमुखी भएनन् । वास्तवमा एकीकृत माओवादीले शान्ति प्रक्रियापछि र पहिलो संविधानसभामा उल्लेख्य सफलता हात पारेपछि संगठनको सुदृढिकरणमा ध्यानै दिएन ।

११. अध्यक्ष प्रचण्ड विलासी भएको र छोरा प्रकाशको छवी पनि गाउँस्तरसम्म प्रतिकूल बन्यो ।

१२. जनयुद्धका लडाकूहरूमा छाएको निराशाले कोही अरबतिर विदेशिए । स्वदेशमा हुनेहरू पनि निस्क्रिय बने ।
prachanda president!

उसो त एमाओवादीलाइ खिसीट्युरी गर्नेहरूले १०१ कारणहरू चर्चा गरेका छन् । कतिले धाँधली भनेको कुरामा ठट्टा गरेका छन् । यो पनि …
election fraud