राष्ट्रपति यादवद्वारा अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको उद्घाटन

ram-baran-yadavजनकपुरमा आयोजित दुईदिने ११ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति डा यादवले अब आउने संविधानमा सबै भाषाको त्यही स्थान हुनेछन्, जुन अहिले रहेको छ, भन्नुभयो ।

‘नीलकण्ठदेखि कन्याकुमारीसम्म हामी एउटै सभ्यता र भूगोलमा रहेकाले गौरवशाली संस्कृति, भाषा, परम्पराबाट नेपाली संस्कृति उत्कृष्ट रहेको छ’, राष्ट्रपति यादवले भन्नुभयो, “यो सम्मेलनले अनेकतामा एकताको अनुभूति गराइरहेको छ ।”

संसारको सबै भाषा मानव जातिको साझा सम्पत्ति भएकाले सवा करोड मानिसले बोल्ने मैथिली भाषाको अस्तित्वलाई लिएर डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

सो कार्यक्रममा शिक्षामन्त्री चित्रलेखा यादवले नेपाल र भारतबीच रहेको सुमधुर सम्बन्धलाई उचाइमा पु¥याउन दुवै देशका साहित्यकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सम्मेलनले नेपाल–भारतको सम्बन्ध हिमाल, पहाड र चट्टान जस्तो अटल रहने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा राष्ट्रपति यादवले विभिन्न साहित्यकारद्वारा लिखित चार पुस्तकको विमोचनसमेत गर्नुभयो ।

सो कार्यक्रममा राजविराजका साहित्यकार डा. सुनिलकुमार झा, सिरहाका गुरुदेव कामत र वहेता लहरियासराई दभङ्गाका कृष्णकुमार कशपलाई मिथिला रत्न र धनुषा रधुनाथपुरका चन्द्रशेखर उपाध्धय र विरगञ्जका उमाशङ्कर दुवेदीलाई ‘मिथिला श्री’ सम्मानले सम्मानित गरिएको थियो ।