रणवीर र कैटरिनाले गरे प्रेम सम्बन्ध सार्वजनिक

बलिउडमा लामो समयदेखि चर्चामा रहे पनि प्रेम सम्बन्धका बारेका सार्वजनिक स्वीकार नगरेका जोडी हो- रणवीर कपुर र कैटरिना कैफ । अब भने उनीहरूले आफ्नो सम्बन्धलाइ ‘पब्लिक’ गर्न थालेका छन् ।

क्रिसमसको पूर्वसन्ध्यामा यो जोडी एक फिल्मको प्रिमियर सोमा सँगै देखा परे, र फोटो खिच्न दिए ।
नँया पुस्ताका कलाकारहरु मध्ये सफल अभिनेता–अभिनेत्रीको चर्चा पाइरहेका यी दुई जोडीले यसपटक संगै क्रिसमस र नँया वर्ष मनाउँदैछन् । मंगलवार रात यही कारणले दुई जोडी न्यूयोर्क प्रस्थान गरेका छन् ।
Ranbir-Kapoor-and-Katrina-Kaif
अघिल्ला वर्षहरुमा आफ्नो परिवारसँग लन्डनमा क्रिसमस मनाउदै आइरहेकी कैटरिना र परिवारसँग स्वदेशमै मनाइहेका रणवीर यसवर्ष भने न्युयोर्कमा संगै मनाउदै गरेका हुन् ।

कैटरिनाले ‘धुम–३’ को प्रमोशनवाट विदा लिएर अनुराग बासुको ‘जग्गा जासुस’ चलचित्रको शुटिङवाट विश्राम लिएका रणवीरसंग क्रिसमस र नँया वर्ष मनाउने निर्णय गरेकी हुन् ।
जनवरीको दोश्रो सातामात्र यिनीहरु आफ्नो काममा फर्किने बताइएको छ । लामो समय देखि प्रेम सम्बन्धमा रहेका रणवीर–कैटरिनाको जोडी बिवाहमा परिणत हुने हल्लाह यतिखेर बलिउडमा चलिरहेको छ ।