युरो काँग्रेसको संयोजक मात्र वैध ?

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शुशील कोइरालासँग भातृसँस्था बेल्जियम जनसम्पर्क समिति र युरो काँग्रेसका बारेमा काँग्रेसजनहरूले गुनासो पोखे र युरो काँग्रेसको मान्यताबारे आ-आफ्नो पक्षको कुरा राखे । आज बुधबार ब्रसेल्समा पार्टी सभापतिसँग अन्तरकृया गर्दै बेल्जियम, फ्रान्स, नेदरल्याण्डस्, लक्जेमबर्ग र जर्मनीका जनसम्पर्क समितिका पदाधिकारीहरूले आपसी फुटबारे पनि तितो पोख्न भ्याए ।
janasamparka-koiralaनेपाली जनसंपर्क समिति- प्रवासमा नेपाली कांग्रेसको वैधानिक संस्था हो । भातृ संस्था । यहि सँस्थाबाट काँग्रेस महाधिवेसनमा समेत प्रतिनिधित्व हुन्छ । तर युरोपमा सक्रिय नेपाली कांग्रेस युरोप समिति अर्थात युरो कांग्रेस पनि छ । जसको वैधानिकताका बारेमा विवाद हुँदै आएको छ । यही कारणले नै युरोपभरि नेपाली कांग्रेसका कार्यकर्ता र स्थानीय नेताबिच तिब्र विवाद र घम्साघम्सी पर्दै आइरहेको छ । नेपालबाट विभिन्न कार्यक्रम र उद्देश्यले आएका नेपाली कांग्रेसका केन्द्रिय नेताहरुलाई समेत युरो कांग्रेसको विवादले तानेको मात्र होइन केन्द्रको जनसम्पर्क विभाग पनि यो विवादमा अल्झेको छ, तर विवाद टुँगीएको छैन । जनसम्पर्क समिति समन्वय विभागका प्रमुख अर्जुन जोशीले त पत्र नै काटी युरो काँग्रेस वैध नभएको बताएका छन् । तर युरो काँग्रेसले काम रोकेको छैन ।
बुधवार सभापति शुशील कोइरालासँगको भेटमा पनि यहाँका काँग्रेसीहरूले यो मुद्दा उठाए । कोइरालाले लामै भूमिका बाँधेपछि जर्मनीका दिलबहादुर गुरूङतर्फ फर्कँदै अन्तमा भने- ‘पुरै युरोपका समितिहरूसँग समन्वय गरेर कार्यक्रम गर्न एक जना संयोजक भए पुग्छ ।’ गुरूङ युरो काँग्रेसका संयोजक हुन् ।
कोइरालाको निर्क्यौलपछि जनसम्पर्क समिति समन्वय विभागका प्रमुख जोशीको पत्रको औचित्य सकिएको जस्तो देखिएको छ । तर यसैमा यहाँका काँग्रेसीहरूको विवाद भने साम्य हुने देखिँदैन । त्यसैका लागि गुरूङले अनुरोध गरे- ‘यहाँ त युरो काँग्रेसको पुरै समिति छ । सबैले मान्यता पाउनु पर्यो ।‘ तर कोइरालाले पुरै समितिलाइ मान्य भन्न सकेनन् ।
असहमत  समूहकी भनिएकी बेल्जियमकी सीता सापकोटाले गुनासो गरिरहिन् । युरो काँग्रेसलाइ मान्यता नहोस् भन्ने उनको आशय थियो । त्यसपछि मान्यताका लागि लडीरहेका बेल्जियम निवासी युरो काँग्रेसका महासचिव गंगाधर गौतमले आफ्नो कुरा राखे । गौतमको कुरा सुनेपछि कोइरालाले भने- ‘सबै कुरा खुलस्त पारेर केन्द्रीय समितिमा पठाउनुहोस् । त्यसपछि निर्णय गरौँला ।‘