म्याग्दी महोत्सवमा खुकुरी र चक्कू

बेनीमा सञ्चालित पाचौँ म्याग्दी महोत्सवमा सुरक्षा चुनौति बढेको छ । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हतियार प्रयोग गरी महोत्सव स्थलमा कुटपिटका घटना हुन थालेपछि सुरक्षा चुनौती बढेको हो ।

Thali_Danceमंगलबार साँझ खुलामञ्च स्थित महोत्सवस्थलमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरी आक्रमण गर्दा बेनी नगारपालिका–९ गलेश्वरका १९ बर्षिय अनुप जिसी शक्त घाईते भएका छन् । शौचालय जाने क्रममा जिसीमाथि आक्रमण भएको र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिसीको जिल्ला अस्पताल बेनीमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । घटनास्थलबाट चक्कु र संलग्न तिन जनालाई नियन्त्रणमा लिएर अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।

सोमबार साझँ पनि महोत्सव स्थलमा नेविसंघका जिल्ला सभापति भरत रकाल र भरत मल्ल माथी आक्रमण हुँदा दुबै जना घाईते भएका छन् । उनीहरुको पनि अहिले पोखरामा उपचार भईरहेको छ । मदिरा सेवन गरी होहल्ला र कुटपिटका घटना बढ्न थालेपछि महोत्सव स्थलमा कडा सुरक्षा व्यबस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हिरा गिरीले जानकारी दिए ।