म्याग्दीका युवा जापानिज बकृत्वकलामा छनोट

संवाददाता जापान , म्याग्दी खवरामा प्रदिप कार्की जापानिज भाषामा हुने बकृत्वकला प्रतियोगितामा छनौट भएका छन् । सुनदाइ गुप्रले pradip-karki-japanजापानमा सञ्चालन गरेको ८ वटा कलेजका विदेशी विद्यार्थी विचको प्रतिस्पर्धामा  सुनदाइ ट्राभल्स एण्ड होटर म्यानेजमेन्ट कलेजबाट कार्की सहित ३ जना छनौट भएका हुन् ।

जापानमा प्रतिष्ठित र धेरै विदेशी विद्यार्थी अध्ययरत रहेको सुनदाइ ग्रपका कलेजमा अध्ययरत विद्यार्थी विचको प्रतिस्पर्धामा आठ वटै कलेजबाट आन्तरिक छनौट गरिएको थियो । विदेशी विद्यार्थीलाई जापानिज भाषामा दक्ष बनाउने र विद्यार्थीको सीपलाई प्रयोग गर्ने उदेश्यले हरेकबर्ष आयोजना हुने प्रतियोगितामा गतबर्ष कार्की तेस्रो भएका थिए । कलेजमा भियतनाम , कोरिया, चिन, बंगलादेश, भुटान सहित एशियाली राष्ट्रका विद्यार्थीहरू अध्ययरत छन् ।

अध्ययानको सिलसिलामा जापानमा पुगेका कार्कीले नेपालबाट जापानमा गएका नेपाली विच नेपाकेन जापानले गरेका जापानिज भाषको बक्तित्वकलामा प्रथम भई नेपाली नगद ३० हजार, ट्रफि प्राप्त गरेका थिए । उनले विदेशी विद्यार्थीको विचमा हुने प्रतियोगिताले ब्यक्तिगत क्षमता विकासका साथै नेपालको नाम समेत जोडिने भएकाले यस्ता गतिविधिमा आगामी दिनमा समेत सक्रिय रहने बताए ।