मेरो देउता !

कविता
Dipendra KCदेउता !
मैले तिमीलाई पूजेको मात्रै हो
आफू जत्ति जानेको छैन,
दुनियाँबाट पिटिएको छु मै बरु
आवेशमा तिमीलाई
एक लात हानेको छैन ।
कहाँ, कस्ले, किन, कसरी भन्छ ?
थकित आस्थाको भरिया “दीपेन्द्र” ले
तिमीलाई मानेको छैन,
बरु
भोकै वसेर आफू
प्रसाद चढाउँछ तिमीलाई
कष्टको पहेली बनेर आफू
फूलको ओच्छयान बनाउँछ तिमीलाई
जीवनको यो आँधी वेहरीमा
तिम्रो सट्टामा
अर्को देउता छानेको छैन ।
ख्वै ?
जालझेल तिमीनै गर्छौ जस्तो छ
मैले त
तिमीलाई पूज्नु बाहेक
अरु कोही जानेको छैन ।
— दीपेन्द्र के.सी.
बागलुङ, हाल लुभेन बेल्जियम ।