‘मिस नेपाल यू.एस.’ फेरि हुँदै

अमेरिकामा बस्दै आएका नेपाली युवतीलाई लक्षित गर्दै यस वर्ष पनि अमेरिकामा मिस नेपाल यूएस नामक सौन्दर्य प्रतियोगिता गरिने भएको छ। चौथो संस्करणको यो स्पर्धामा यस वर्षका लागि अन्तिम १५ जना सहभागी छानिएका छन्। अमेरिकामा रहेको इभेन्ट प्लानेट इंकले नेपाली संस्था ई–प्लानेट प्रालिको सहकार्यमा आगामी भाद्र १५ गते न्युयोर्कको कुइन्स थिएटरमा यो स्पर्धा प्रस्तुत गर्न लागेको हो।

miss Nepal USAअमेरिकाका विभिन्न राज्यमा बस्दै आएका नेपाली युवतीबाट परेका आवेदनमध्येबाट छानिएका अन्तिम १५ सहभागीले कार्यक्रममा प्रतिभा प्रदर्शन गर्नेछन्। यसअघि सहभागीहरुले कार्यक्रमको बन्द–सत्रभित्र व्यक्तित्व विकास, नेपाली कला, संस्कृति तथा पर्यटन विकास, महिला सशक्तीकरण र अधिकारलगायतका विषयमा तालिम हासिल गर्नुका साथै नेपाल र नेपालीका लागि भावी जीवनमा आफूले गर्ने कार्ययोजना पनि निर्माण गर्नेछन्।

आयोजक संस्थाका सदस्य निराकर उप्रेतीका अनुसार कार्यक्रममा नेपाली कला, संस्कृति, भाषा र पर्यटनको प्रवद्र्धन गर्नुका साथै बौद्धिक सुन्दरतालाई बढावा दिइनेछ। कार्यक्रममा निर्णयकको निर्णय नै अन्तिम निर्णय हुने र त्यसलाई पारदर्शी बनाउन लाइसेन्स प्राप्त सीपीए राखिनेछ।

मिस नेपाल अमेरिका पहिलोपल्ट सन् २०११ मा अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको थियो। पहिलो मिस नेपाल अमेरिका सुजिता वस्नेत हुन्। त्यसपछि दोस्रो संस्करण सन् २०१२ मा वासिंटन डिसी र तेस्रो संस्करण्ँ न्युयोर्कमा सन् २०१३ मा सम्पन्न भएको थियो।