मानव तस्कारसँग जुध्न विशेष टास्क फोर्स- बेल्जियन गृहमन्त्री

human traffic belgiumबेल्जियन गृहमन्त्री यान जाम्बोनले मानव तस्कारसँग जुध्न विशेष टास्क फोर्स खडा गरेको घोषणा गरेका छन् । बेल्जियममा दोस्रो काले (फ्रान्सको यु.के. जाने बोर्डर सिटी) नबनोस् भनेर यस्तो कदम चालिएको उनले बताएका छन् ।

हाल फ्रान्सले मानव तस्करहरू विरूद्ध कडा नीति अपनाएको छ । फ्रान्सको कडा नीतिले ती मानव तस्करहरू बेल्जियमतर्फ स्थानान्तरण हुने खतरा रहेको बेल्जियन गृहमन्त्रीले बताएका छन् ।

उनले भने- ‘यो वर्षको शुरूदेखि हालसम्म ३५० मानव ओसारपसार गर्ने पक्राउ परेका छन् । समस्या नभएको भए ती मानव ओसारपसारवालाहरू समातिने थिएनन् । त्यसैले तिनको खोजि चलिरहन्छ ।‘