
एकीकृत माओवादीसँग एकताका विषयमा बैद्य संग कुरा नमिलेपछि बादल नेतृत्वमा क्रान्तिकारी माओवादी विभाजित भएको हो । बैठकमा बैद्य भने उपस्थित थिएनन । कुपन्डोलमा बसेको बैठकमा १ सय १५ जना केन्द्रीय सदस्यको उपस्थिति र एक सय ३० केन्द्रीय सदस्यको समर्थनमा बादललाई अध्यक्ष घोषणा गरेको बताईएको छ ।
नेता बादल पक्षले वैशाख २८ गते एमाओवादीसँग पार्टी एकता गर्ने तयारी गरेको थियो तर वैद्यलाई मनाउन भन्दै शनिबारसम्मका लागि बैठक स्थगित गरेको थियो । अध्यक्ष वैद्यलाई मनाउने अन्तिम प्रयास समेत असफल भएपछि बादल समूहले बादललाई अध्यक्ष बनाएर एमाओवादीसँग एकता गर्ने निर्णय गरेको हो ।