भारतीय डाँकाको प्रतिकारमा व्यापारीको विभत्स हत्या

भारतिय डाका समूहको आक्रमणवाट एक व्यापारीको विभत्स हत्या भएको छ भने तीन जना सक्त घाइते भएका छन् । डाकाले लाखौको धनमाल समेत लुटेर फरार भएका छन् । भापाको दक्षीणी क्षेत्र पृथीवीनगर –८ हिमाली चौकमा गए मध्यराती लुटपाट मचाउन हतियार सहित आएका डाकाको प्रतिकारमा अन्दाजी ५० वर्षीय पूर्व प्रहरी हवल्दार  देवकुमार श्रेष्ठको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

sab-jhapaडाँकाले गरेको आक्रमणको प्रतिवाद गर्दा श्रेष्ठलाई टाउको र छातीमा गाली हानेका थिए । गम्भिर घाइते श्रेष्ठको उपचारको क्रममा ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा राती ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी विश्वमणि पोखरेलले बताए । करीब ३० जनाको संख्यामा हात हतियार सहित आएका भारतीय डाँकाको समूहले डकैती गरेको पिडीतको भनाइलाइ उद्धित गर्दै उनले बताए । श्रेष्ठको घरबाट अन्दाजी ७ तोला सुन र १० लाख नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

लुटपाट गर्न आएका भारतीय डाँकाको प्रतिकार गर्न परिवारका सदस्य उत्रेका थिए । सोही क्रममा मृतक श्रेष्ठकी श्रीमती गंगा, २६ वर्षीय छोरा रोशन र छिमेकी दुर्गा गौतम समेत गम्भीर घाइते भएका छन् । गंगाको हातमा चोट लागेको छ । छोरा रोशनको टाउकोमा र छिमेकी दुर्गालाई छर्राका गोली लागेको छ । उनीहरुको हाल ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

घाइते श्रेष्ठका अनुसार बुबालाई पहिला डाँकाले मरणासन्न हुने गरी धारिलो हतियारले काटे, गोली वुबालाई लाग्यो,  छर्राले मलाइ लाग्यो  प्रहरीलाई बारम्बार फोन गर्दा आएनन । हाम्रो घरवाट पृथीवीनगर चौकी नजिकै रहेपनि प्रहरी समयमा नआएका कारण यस्तो घट्ना हुन पुगेको उनले बताए । करिब ४५ मिनेट लुटपाट गरेर डाका भागेपछि पृथीवीनगरका सई हरि प्रसाईको टोली आएको थियो ।

डाका भाग्दै गरेको प्रहरीले देखेतापनि त्यसतर्फ ध्यान नदिएको उनले आरोप लगाए । डाँकाले लगभग १५ वटा भन्दा बढी सुतली बम बिस्फोट गराएको थियो । राती ठूलो आवाज सुनेर गाउँले आतंकित भएका थिए । एक घण्टासम्म डाँकाले लुटपाट र आक्रमण गरेका थिए । तर, दुई किलोमिटरको दुरीमा रहेको प्रहरी डाँका हिंडेपछि मात्र आएका थिए । स्थानीयले चौकीमा फोन गर्दा एक पटक उठाएर मोवाइल स्वीज अफ गरेका थिए । लिन गएपछि मात्र स्थानीय प्रहरी आएको गाउँलेले बताएका छन् ।

डाँकाले स्थानीयबासीलाई घर बाहिर ननिस्कन भन्दै एक दर्जन भन्दा बढी पटक बम पड्काएको स्थानीय योगेन्द्र पौडेलले बताए ।  स्थानीय एकराज खनालले छिमेकीले जुन घरबाट गुहार मागे त्यहि घरमा डाँकाले सुतली बम हानेकाले गाउँले निस्कनै नपाएको उनले बताए । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली बिहान मात्र घट्ना स्थल पुगेको स्थानीयले बताए । डिएसपी पोखरेलले डकैतीमा संलग्नको खोजी भइरहेको बताएका छन् ।

। घट्ना पश्चात लासको पोष्टमार्टमका लागी मेची अञ्चल अस्पताल लगीएको प्रहरीले बताएको छ ।
झापाको दक्षीणी क्षेत्रमा यसअघि पनि पटक पटक भारतीय डाँकाले आक्रमण गर्दै आइरहेका छन् ।