भारतमा बलात्कारप्रतिरोधी अन्डरवेयर

anti rape underwearबलात्कारका घटनाहरूले पटक पटक सताइएको र महिलाहरूमा हुने यौन हमलाबारे ठूलो बहस चलिरहेको बेलामा इन्जीनियरिङ्गका तीन भारतीय विद्यार्थीले बलात्कारप्रतिरोधी अन्डरवेयर बनाएका छन् ।

दबाव सेन्सरले जडिएको यस्तो अन्डरवेयरले ३८०० केभीको बिजलीको झट्का दिन सक्छ । सेन्सर सक्रिय बनाइएमा जीपीएस ट्रैकिङ्ग प्रणालीले काम गर्छ जसले पुलिस र पीडितको परिवारलाई सूचित गर्छ ।

यस्तो अन्डरवेयर यो महिनाको अन्तसम्ममा भारतिय बजारमा आउने बताइएको छ तर मूल्यको बारेमा कुनै उल्लेख छैन ।