विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र ब्राजिलले क्रोएसियालाइ ३-१ गोल अन्तरले विजय हासिल गरेको छ । स्थानीय साओ पाउलो रंगशालामा एक भब्य समारोहबीच भएको उद्घाटन खेलमा ब्राजिलले क्रोएसियामाथि ३-१ गोलले जितेको हो भने वास्तवमा सबै गोल ब्राजिलियन खेलाडि ले नै गरेका हुन् ।
मध्यान्तरसम्म दुबैको एक एक गोल गरेको खेलमा ७१औ मिनेटमा फेरि नेयमारले नै गोल गर्दै टोलीलाई २-१ गोल अन्तरमा अगाडि बढाए। पेनाल्टीमार्फत नेयमारले दोस्रो गोल गरेका हुन्।
यसअघि खेलको ११औ मिनेटमा ब्राजिलका मार्सेलोको आत्मघाती गोल उपहार पाएको क्रोएसियाले अग्रता लिएको थियो। पुरै खेल नियन्त्रणमा लिएको ब्राजिललाई बराबरी गोल फर्काउन धेरै समय कुर्नु परेन।
खेलको २९औ मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याएका हुन्।
ब्राजिलका लागि ५० औ क्याप खेलिरहेका नेयमारको यो ३३ औ अन्तर्राष्ट्रिय गोल हो। २२ वर्षीया उनी बार्सिलोना क्लबका व्यवसायिक फुटबलर हुन्।
त्यसपछि थप समयमा ब्राजिलका अोस्कारले गोल थप्दै क्रोयसियाको बराबरी गर्ने प्रयत्न निराशामा परिणत गरिदिए ।
खेलमा ब्राजिली खेलाडीहरुले आक्रामक खले भने क्रोएसिया रक्षात्मक खेल खेल्यो ।