ब्रसेल्समा G-7 को बैठक शुरु, रुस हटाइयो

g7बेल्जियमको राजधानी ब्रसेल्समा बुधवारदेखि अति बिकसित मुलुकहरु (G-7) को बैठक शुरु भएको छ| बैठकमा अमेरिका, जापान, ईटाली, क्यानाडा,  बेलायत, फ्रान्स र जर्मनीका राष्ट्र तथा सरकार प्रमुख सहभागी छन|बिगत १७ वर्षदेखि G-8 को रुपमा सहभागी हुदै आएको रुसलाई भने हटाईएको छ|जी-७ को रुपमा नरहे पनि युरोपियन युनियन बैठकमा सहभागी भएको छ|

बैठकमा युक्रेनको राजनीतिक (क्रिमिया रुसमा गाभिए पछिको) समस्या,सिरियाको अवस्था र आतंकबाद विरुद्वको लडाईका साथै मे २४ मा ब्रसेल्सको यहुदी संग्रहालयमा भएको आक्रमण बारेमा छलफल भएको समाचारमा जनाइएको छ| बैठकले क्रिमियाको बिषयलाई लिएर रुसमाथि थप आर्थिक नाकाबन्दी लगाउने संभावना समेत रहेको छ| उनीहरुले क्रिमिया रुसमा गाभिनु युक्रेनमाथि रुसको हस्तक्षेप भन्दै आएका छन्| बैठक बिहिवारसम्म चल्नेछ |