नेपाल ब्रुसेल्स मिलन केन्द्र बेल्जियमले गएका बर्षझै, नयाँ नेपाली बर्ष २०७४ साललाई भब्यताको साथ स्वागत गर्दै शुक्रबार १४ अप्रिल २०१७ माबेल्जियमको राजधानी ब्रुसेल्समा भब्यताको साथ सम्पन्न गरेको छ |
संस्थाका अध्यक्ष यज्ञ बहादुर गुरुङ्को सभापतित्वमा र बेनेलक्सका महमहिम राजदुत श्री लोक बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको एसकार्यक्रममा ,
सभापति र प्रमुख अतिथि लगाएत बिशिस्ट अतिथिहरु एन आर एन केन्द्रिय सचिब श्री अर्जुन कुमार श्रेष्ठ, ,
एन आर एन बेल्जियमकाअध्यक्ष गंगाधर गौतम्, यसै संस्थाका सस्थापक अध्यक्ष पारश गौतम्,
जन प्रगतीशिल मन्च बेल्जियमका अध्यक्ष श्री जीत लामा र ब्यबसायी संघबेल्जियमका अध्यक्ष सि पि भट्टले सुभकामना मन्तब्य दिनुभएको थियो भने बिशिस्ट अतिथिहरुमा महामहिम राज्दुतज्यूको धर्मपत्नी श्रीमती नानुथापा,
एन आर एन यु.
के.
का सह –
कोषाध्यक्ष लालीत न्यौपाने,
साहित्य समाज युरोपका उपाध्यक्ष बिमल गिरी,
एन आर एन बेल्जियमका केन्द्रियसदस्य भिम सुबेदि,
तमू समाज बेल्जियमका अध्यक्ष जीबन गुरुङ,
शेर्पा समाज बेल्जियमका अध्यक्ष शोनाम शेर्पा,
एन आर एन बेल्जियमकानिबर्तमान अध्यक्ष र केन्द्रिय सल्हाकार श्री युबराज गुरुङ्ग,
एन आर एन बेल्जियमका निबर्तमान महासचिब माधब सापकोटा, यसै सस्थाकी भुत्पूर्वअध्यक्ष श्रीमती इस्वारा शर्मा,
बेल्जियमकै नेपाली गाएक श्री नरायण धिताल्,
नेपाल ब्रुस्सेल बाल तथा संस्कृतिक केन्द्रकि संयोजक सिर्जना कार्कीथापा,
जन प्रगतीशिल महिला उपाध्यक्षा श्रीमती सरस्वाती सुबेदी,
आमा समुहकिअध्यक्ष श्रीमती भगबती गौतम लगायत बिभिन्न सहरबाट बिभिन्नसस्थाका प्रतीनिधीहरु ले भाग लिनुभएको थियो |
पाहुनाहरुको सम्मान गर्ने क्रममा यसै संस्थाकी सह– कोषाध्यक्ष श्रीमती अम्बिका के. सि. र यसै संस्थाकी निबर्तमान अध्यक्ष श्रीमती इस्वरा शर्मालेखाता ओढाइ सम्मान गर्नुभएको थियो |
महमहिम राज्दूत श्री लोक बहादुर थापा र सभापती यज्ञ बहादुर गुरुङ् द्वारा दियो बालि कार्यक्रम उत्घाटन् भएपछि नेपाल ब्रुस्सेल बाल तथा संस्कृतिककेन्द्रका बालबालिकाहरुले राष्ट्रीय गान् अत्यन्तै आनन्दित पाराले गाएका थिए |
त्यसपछि स्वागत मन्तब्य संस्थाको सकृय सदस्य श्री गजेन्द्र (
कमल)
गुरुङले दिनु भएको थियो|
कार्यक्रममा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुतिको तारिफ मात्रै थिएन | साथै नेपालबाट आउनुभएका राष्ट्रिय हास्याकलार श्री मरिचमान श्रेष्ठ ( बल्छी धुर्बे) र श्री राजु पौडेल ( राजु मास्टर) को धमाकादार प्रस्तुतिले सबैजना दर्शकलाई पेट मिचीमिची हास्न बाध्य बनाएको थियो भने, गायीकाश्रीजु अधिकारीको नाचु नाचु लाग्ने गीतहरुले सबै जनालाई खुट्टा हल्लाउन र कम्मर मर्काउन बाध्य तुल्याएको थियो | बेल्जियमकै चिरपरिचित नेपालीगाएक श्री नरायण धिताल् ले पनि आफ्ना अत्यन्तै मिठास कण्ठले सम्पूर्ण उपस्थितहरुलाई बडो रमाइलो गराई नचाई दिए |
संस्थाको सचिब सुरेश कुमार कोरङ्गी गुरुङ्गले कार्यक्रम सन्चालन् गरेको थियो भने सांस्कृतिक कार्यक्रमलाइ शुसिला रोक्का र मन्जु भुसालले अतिनैमनमोहक ढंगले चलाएका थिए | डि. जे. देवकाजी गुरुङले सांगीतिक पक्ष हेर्नुभएको थियो |
बिदेशमा हुने एस किसिमको कार्यक्रमले बैदेशिक जिबन बिताइरहेका नेपालीहरुको लागि रमाइलोपन र रमझम मात्रै दिइरहेको छैन बरु साथमा चाडबाडमा सात समुन्द्रपारीको न्यास्रोपन मेटाउने काम पनि भैरहेको छ अनि आउने पिडिलाइ अप्रतक्ष्य रुपमा हाम्रो रितिरिवाज, चालचलन र परम्परापनि सिकाइरहेको छ|