बेल्जियम,स्पेन,जर्मनी र नेदरल्याण्डसबाट महाधिवेशन प्रतिनिधि छनोट

  1. नेपाली काङ्रेसको १३ औ महाधिवेसनका लागी युरोपेली मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरु मध्ये ४ देशबाट Nepali-Congressप्रतिनिधि छनोट भएका छन।

जनसम्पर्क समिति नेडरल्यन्डसबाट दिपक रेग्मी , नारायण प्रसाद आचार्य र ठाकुर प्रसाद शर्मा (मनहरि) महासमिती सदस्यमा छनोट भएका छन भने प्रेम जङ गुरुङ , सशी पौडेल, शलिक गौतम र बिकास शर्मा महाधिवेसन प्रतिनिधि छनोट भएका छन ।

नेपाली जनसम्पर्क समिति बेल्जियमबाट सुवास जोशी, सीता सापकोटा र राम थापा महासमिति सदस्य छनोट भएका छन् भने गंगाधर गौतम, बलिराम झा, कमल पन्थी र सुवास गुरुङ महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् ।

नेपाली जनसम्पर्क समिति स्पेनलेबाट शालिकराम डुम्रे, एकराज गिरी र चिन्तामणि सापकोटा महासमिति सदस्य छनोट भएका छन् भने पुष्प राज भण्डारी, बिष्णु रिजाल, सन्तोष श्रेष्ठ र अर्जुन काफ्ले महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् ।

त्यसै गरी नेपाली जनसम्पर्क समिति जर्मनीबाट शिखर खड्का, दिल गुरुङ र शरण केसी महासमिति सदस्य छनोट भएका छन् भने टंक लम्साल, विजय मोक्तान, शंकर डाँगी र कृष्ण रिजाल महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् ।

अन्य युरोपेली मुलुकहरुका जनसम्पर्क समितिले प्रतिनिधि छान्ने प्रक्रिया सुरु गरेका छन । नेपाली काग्रेसमा क्रियाशील सदस्यहरुबाट प्रतिनिधि छनोट गर्नु पर्ने प्रवाधान रहेकोमा जनसम्पर्क समिति कार्यसमितिको निर्णयबाट प्रतिनिधि छनोट गरिएको भन्दै केहि देशहरुमा जनसम्पर्क समिति सदस्यहरु नै रुष्ट भएका छन भने जनसम्पर्क समिति युरोपले पनि प्रतिनिधि माग गरेको छ ।