बेल्जियममा ल्होसार मनाईयो

बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार बेल्जियममा पनि एकापसमा शुभकामना आदानप्रदान गरेर पनि मनाईयो| तमु tamu samaj.jpgaसमाज बेल्जियमको आयोजनामा मंगलबार बेल्जियमको अन्त्वेर्पनमा सम्पन्न भएको कार्यक्रममा पर्वको अवसरमा खाईने परम्परागत खाना खुवाईएको थियो भने नाचगान गरेर मनोरन्जन प्रदान गरीएको थियो |

कार्यक्रमका प्रमुख अतिथि एनआरएनका अध्यक्ष शेष घलेले नयाँ बर्षको अवसरमा शुभकामना दिएका थिए| समाजका अध्यक्ष जीवन तमुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब सुवास गुरुङले गरेका थिए| लामा गुरु ईशान लामाले ल्हो बारेमा जानकारी गराएका थिए थिए भने काजी तमुले स्वागत मन्तव्य राखेका थिए |

शुभकामना आदानप्रदान लगत्तै सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको थियो| कार्यक्रमको संचालन सुनिता गुरुङ र महिमा गुरुङले संचालन गरेका थिए|तमु समाज बेल्जियमले बिगत लामो समय देखि नयाँ बर्षको रुपमा ल्होछार पर्व मनाउदै आएको छ|

नेपाल सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिने गरेको छ |tamu samajtamu samaaj b