अन्नपूर्ण ब्रुस्सेल्स क्लब (ABC) को आयोजनामा नयाँ वर्षको भेटघाट कार्यक्रम सम्पन्न

यही २७-१२-२०१४  शनिबार ब्रुस्सेलबासी दाजुभाइहरुलाई  खेलकुदमा प्रोत्सहान दिदै आइरहेको र ठाउँ ठाउँमा खेलकुद प्रतियोगितामा भाग लिदैआइरहेको, अन्नपूर्ण ब्रुस्सेल्स क्लब (ABC) को आयोजनामा नयाँ बर्षकोअवसर पारेर सांस्कृतिक कार्यक्रमको साथसाथै, भेटघाट, खानपिन र रामाइलो अनि  दु:ख-सुखको भारि बिसाउन एउटा नववर्ष रात्री  कार्यक्रम संचालनगरियो|

New year brussels 2015मौसमको रोकावट हिदहुदै पनि करिब ७ दर्जन नेपाली र अन्य राष्ट्रियआगन्तुकको उपस्थिति भएको एस कार्यक्रमलाइ शोभा बढाउन स्थानीय कलाकारहरुले  नाचगान प्रस्तुत गरेको थियो| अध्यक्ष अमन गुरुङले दियो बाली कार्यक्रमलाई सुरुवात गर्नुभएको थियो भने संचालक ळक्ष्मन गुरुङले चाहि कार्यक्रम अगाडी बढाउनु भएको थियो|
साथै क्लबलाइ आर्थिक सहयोग गर्न ३० यूरो भन्दा बढीको टिकट काट्नेपाहुनाहरु
 राजाराम पोख्रेल , शुरेश गुरुङ, उत्तम अधिकारी , बिमल गिरि , इश्वरा शर्मा,राजेन्द्र हिराचन, रिता थापा , आरती श्रेष्ठ , प्रमिता कार्की , जित लामा , ललितमगर , लिलाधर पन्त, नारायण सापकोटा, अमन गुरुङ, कमल खड्का, रिताश्रेष्ठ , बेरनाद, कृष्ण तिवारीलाइ खादा ओढाई अध्यक्ष अमन गुरुङले स्वागत गर्नुभएको थियो|
र खाना पकाई शहयोग गर्ने खेलाडी साथीहरु दिपक भण्डारी, पुकार भण्डारी,किरण गुरुङ , पेमा भुटिया, नारायण सापकोटा र टासी पाल्देन लाइ पनिधन्यवाद ज्ञापन गर्नुभएको थियो|
एस कार्यक्रम बाट उठेको सम्पुण रकम २०१५ मा स्विजल्याण्डमा हुन गैरहेकोयूरो कप फुटबलमा भाग लिन र आवस्यक भौतिक साधन जुताउन प्रयोगगरिने संचालकले प्रस्ट पर्नु भएको थियो|
एस कार्यक्रम पछि क्लबको खातामा ४४८.७५ यूरो भएको अन्नपूर्णब्रुस्सेल्स क्लब (ABC) का कोशाधक्ष्य राजन थापाले जनाउनु भएको छ |
– हरीकृष्ण श्रेष्ठ