बेल्जियममा मोती जयन्ती मनाईने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १४९ औ जन्मजयन्ती बेल्जियमको ANESASसेन्त्रुदेनमा काव्य उत्सवका साथ यहि सेप्टेम्बर २८ आईतवार मनाईने भएको छ|

हिमालयन सोसाईटी सेन्त्रुदेनको सह-आयोजनामा गरीन लागेको उक्त कार्यक्रममा बेल्जियम स्थित संघ संस्था र श्रष्टाहरुलाई उपस्थितिको लागी अनेसास बेल्जियमले आव्हान गरेको छ |

युवा कविको स्मरणमा गरीन लागेको जन्मजयन्ती कार्यक्रममा उहाको साहित्यिक जीवनी सम्वन्धि विभिन्न रचनाहरु प्रस्तुत गरीने भएको छ|यसका अतिरिक्त स्थानीय स्रष्टाहरुको रचना वाचनको साथै दूई बर्ष अगाडी सेन्त्रुदेनबाट प्रकाशित नेपाली तथा बेल्जियन कविहरुको संयुक्त सग्रह ‘फ्रित नेपाल’ बारेमा चर्चा गरीने कार्यक्रम समेत रहेको छ|